IME Life New

प्राकृतिक विपत्तिबाट विश्वमा ६ महिनामै ८० अर्ब डलरको बीमांकृत सम्पत्तिमा क्षति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राकृतिक विपत्तिमा विश्वमा सन् २०२५ को पहिलो ६ महिनामा ८० अर्ब डलरबराबरको बीमांकृत सम्पत्तिमा क्षति भएको छ।

स्विस रि इन्स्टिच्युटको प्रारम्भिक अनुमान अनुसार यस वर्षको पहिलो ६ महिनामा उक्त रकमबराबरको बीमांकृत सम्पत्तिमा क्षति भएको अनुमान गरिएको हो। यो १० वर्षको औसतको लगभग दोब्बर र पूरा वर्षका लागि अनुमान गरिएको १५० अर्बको आधाभन्दा बढी हो।

Esewa
Crest

प्राकृतिक प्रकोप गतिविधि सामान्यतया दोस्रो ६ महिनामा बढ्छ। त्यसैले कुल क्षति अनुमान गरिएको भन्दा बढी हुन सक्छ।

क्षतिको सबैभन्दा ठूलो हिस्सा अमेरिकामा लागे डढेलोका कारणले भएको थियो। जनवरीमा लस एन्जलस काउन्टीमा भएको डढेलोले मात्र ४० अर्ब डलरबराबरको बीमांकृत सम्पत्तिमा क्षति पुर्याएको छ। जसले गर्दा यो अहिलेसम्मकै सबैभन्दा महँगो डढेलोको घटना बनेको छ।

त्यस्तै ठूला आँधीबेहरी बीमांकृत सम्पत्ति क्षतिको प्रमुख स्रोत बनेको छ। जसले गर्दा यो वर्षको पहिलो ६ महिनामै ३१ अर्ब डलरबराबरको बीमांकृत सम्पत्तिमा नोक्सानी पुगेको छ।

यद्यपि यो ३५ अर्ब डलरको प्रवृत्ति अनुमान र सन् २०२३ र २०२४ को रेकर्ड स्तरभन्दा कम छ। असिना र आँधीबेहरी भएका एससीएस घटनाहरुले अमेरिकामा महत्त्वपूर्ण जोखिम निम्त्याउन जारी राखेका छन्।

स्विस रिका अनुसार सहरीकरण, घरजग्गाजस्ता सम्पत्तिको मूल्य बढ्नु र पुनर्निर्माणको उच्च लागतले यस्ता आँधीबेहरीबाट हुने क्षतिको नोक्सानी बढिरहेको छ।

म्यानमारमा मार्चमा गएको भूकम्पले व्यापक विनाश निम्त्याउनुका साथै थुप्रैले ज्यान गुमाएका थिए। थाइल्यान्डमा मात्र यस क्षेत्रमा फैलिएको भूकम्पीय छालका कारण १.५ अर्ब डलरबराबरको बीमांकृत सम्पत्तिमा क्षति पुगेको अनुमान गरिएको छ।

अमेरिकामा गम्भीर आँधीको मौसम समाप्त हुँदै जाँदा ध्यान अब उत्तरी एट्लान्टिक आँधीको मौसममा केन्द्रित छ। पूर्वानुमानहरुले लगभग औसत गतिविधिलाई औँल्याउँछ। जसमा ३ देखि ३ प्रमुख आँधी समावेश छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS