काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका ७६८ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार चितवनमा मात्रै २६४ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा १९४ जना, नवलपरासी पश्चिममा १०० जना, गोरखामा ५८ जना, नुवाकोटमा ५२ जना, धादिङमा ५० जना, तनहुँमा ३७ जना र रसुवा १३ जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार हाल २ हजार ७१५ जनाको उद्धार गरिएको छ। तीमध्ये २ हजार २० जनाको नुवाकोट, ६९२ जनाको रसुवा र ३ जनाको धादिङबाट उद्धार गरिएको हो।
उद्धार गरिएकामध्ये घाइते १६० जनाको काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा हाल ७ हजार ८९४ प्रहरी उद्धारका लागि परिचालित छन्। हालसम्म २५ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन्।












