IME Life New

प्रथम चरणको कोरियन भाषा परीक्षाका लागि आवदेन खुला, ७ हजार २०० जना माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले सन् २०२६ को प्वइन्ट बेस्ड सेलेक्सन सिस्टम (पीबीएसएस) अन्तर्गत प्रथम चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरेको छ।

दक्षिण कोरियामा नेपाली श्रमिक पठाउनका लागि कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको हो। भाषा परीक्षामार्फत ७ हजार २०० जना नेपाली श्रमिक छनोट गरिनेछ।

Esewa
Crest

आवेदन संकलन प्रक्रिया सम्पन्न भएपछि जम्मा आवेदक संख्या निर्धारण भएपश्चात कार्यालयको वेबसाइटमा परीक्षाको मिति तथा तालिका सार्वजनिक हुनेछ। एक दिनमा बढीमा ५ सिफ्ट गरी परीक्षा सञ्चालन हुनुका साथै आवेदक संख्याका आधारमा वा अन्य विविध कारण आइपरेमा परीक्षा तालिका फेरबदल हुन सक्ने कार्यालयले जनाएको छ।

पीबीएसएसको अनुमानित उत्तीर्ण संख्या ७ हजार २०० हुने कार्यालयले जनाएको छ। पीबीएसएसको प्रथम चरणको भाषा परीक्षणमा उत्तीर्ण संख्या कट अफ–लाइनका आधारमा एचआरडी कोरिया, ईपीएस सेन्टरले उपलब्ध गराएको नतिजाबमोजिम हुनेछ।

कोरियामा कामदारको मागअनुसार पीबीएसएसमा उत्तीर्ण संख्या थपघट हुन सक्ने कार्यालयले जनाएको छ।

कुन क्षेत्रमा कति ?

  • उत्पादनमूलक क्षेत्रमा ५ हजार जना
  • कृषि तथा पशुपालन क्षेत्रमा २ हजार जना
  • सेवा क्षेत्रमा १०० जना
  • वन क्षेत्रमा १०० जना

एक व्यक्तिले एउटामा क्षेत्रमा दरखास्त फारम भर्न पाउनेछ। प्रथम चरण उत्तीर्ण गरेपछि छनोट गरिएको क्षेत्र परिवर्तन गर्न पाइने छैन।

प्रथम चरणको परीक्षा उत्तीर्ण गरेकाहरुले दोस्रो चरणमा सीप परीक्षण र कार्यक्षमता मूल्यांकनमा समेत सहभागी भई उत्तीर्ण भएपछि मात्र अन्तिम छनोटमा पर्न सक्नेछन्।

आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ। फौजदारी अभियोगमा अदालतबाट सजाय पाएको, गणतन्त्र कोरियामा गई गैरकानुनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक लगाएको र कोरिया ई–९ वा ई–१० भिसामा ५ वर्ष वा सोभन्दा बढी नबसेकोले भाषा परीक्षामा सहभागी हुन पाउने छैनन्।

आवेदन यही जुलाई २७ तारिखदेखि अगस्ट २ तारिखसम्म अनलाइनबाट दिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS