IME Life New

एसियामा १० मध्ये ७ जना अवकाशपछि पनि काम गर्न बाध्य, बीमकका लागि जोखिम कि अवसर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसियामा बढ्दो अवकाश अन्तरले बीमा कम्पनीहरुका लागि जोखिम र अवसर दुवै सिर्जना गरिरहेको छ। किनकि धेरै मानिसले वित्तीय दबाबका कारण अवकाश उमेर नाघेर काम गरिरहन्छन्।

सन लाइफको अवकाश पुनर्कल्पितः एसियाको अवकाश विभाजन सर्वेक्षणले यस्तो उजागर गरेको छ। सर्भेक्षणमा सभागी ६९ प्रतिशत उत्तरदाताले अवकाश उमेरपछि काम गरिरहने प्रक्रिया दिएका छन्। केहीले उद्देश्य वा कल्याणका लागि त्यसो गर्ने छनौट गरे पनि लगभग दुई तिहाइ वा ६२ प्रतिशतले दैनिक खर्च पूरा गर्न र आफ्नो दीर्घकालीन वित्त सुरक्षित गर्न अतिरिक्त आम्दानी चाहेका छन्।

Esewa
Crest

यसले अवकाश बचत र सुरक्षामा रहेको खाडललाई उजागर गरेको छ। जहाँ बीमा कम्पनीहरुले महत्वपूर्ण भूमिका खेल्छन्।

एसियामा ६० वर्षभन्दा माथिका विश्वको जनसंख्याको लगभग ६० प्रतिशत रहेको छ। जुन आँकडा आगामी २५ वर्षमा दोब्बर भएर १.३ अर्ब पुग्ने अनुमान गरिएको छ।

आयु बढ्दै जाँदा बीमा कम्पनीहरुले अवकाश आय उत्पादन, स्वास्थ्य कभरेज र दीर्घकालीन वित्तीय योजना समाधानहरुको बढ्दो मागको सामना गरिरहेका छन्। सर्वेक्षणले दुई फरक ग्राहक वर्गलाई औँल्याउँछ। एउटा समूह आर्थिक रुपमा तयार छ र जीवनशैलीको कारणले गर्दा प्रायः रोजाइअनुसार अवकाश ढिलाइ गर्न सक्छ।

दोस्रो समूहले अवकाश स्थगित गर्छ। किनकि यो समूहले काम गर्न रोक्न सक्दैनन्।

आवश्यकताका कारणले अवकाश ढिलाइ गर्नेहरुमध्ये ५२ प्रतिशतले बचत गर्न थप समय चाहिने बताए। यो भिन्नताले एसियाली क्षेत्रभरि बीमा र अवकाश योजनामा फरक पहुँचलाई प्रतिविम्बित गर्दछ।

यी नतिजाले ग्राहकले अवकाशका लागि कसरी योजना बनाइरहेका छन् भन्ने बारेमा बीमा कम्पनीहरुलाई चिन्ता पनि बढाउँछन्। वित्तीय निर्णयहरुका लागि जेनेरेटिभ एआई उपकरणहरुको प्रयोग लगभग दोब्बरले २२ प्रतिशत पुगेको छ। जब कि सन् २०२४ मा बैंक र स्वतन्त्र वित्तीय सल्लाहकारमा निर्भरता क्रमशः ४३ प्रतिशत र ४१ प्रतिशतबाट घटेर ३५ प्रतिशत र ३४ प्रतिशत पुगेको छ।

यो परिवर्तनले बढ्दो आत्मयोजनालाई संकेत गर्दछ। जसले कम बीमा गरिएको वा गलत अवकाश रणनीतिको जोखिम बढाउँछ।

अवकाश तयारीमा विश्वास कम रहन्छ। सर्भेक्षणमा सहभागी केवल २२ प्रतिशत उत्तरदाताले भने कि उनीहरु आफ्नो अवकाश योजनाहरुमा धेरै विश्वस्त थिए र आधाले या त योजना बनाउँदैनन् वा अवकाशको दुई वर्षभित्र योजना सुरु गर्छन्। वित्तीय असुरक्षा निराशाको प्रमुख कारण हो। जुन ४५ प्रतिशत गैरअवकाशप्राप्त व्यक्तिहरुले उल्लेख गरेका छन्, जो अवकाशका लागि उत्सुक छैनन्।

राम्रो शारीरिक र मानसिक स्वास्थ्य नै मानिसहरु अवकाशका बारेमा बढी आशावादी हुनुको मुख्य कारण थियो। जब कि ३२ प्रतिशतले खराब स्वास्थ्यलाई योजनाभन्दा पहिले अवकाश लिनुको कारणका रुपमा उल्लेख गरे।

सन लाइफले भन्यो, ‘यी नतिजाले सल्लाह, सुरक्षा र आय समाधानमार्फत अवकाश असमानतालाई सम्बोधन गर्न बीमा उद्योगको भूमिकालाई प्रकाश पार्छ। किनकि एसियाभरि वृद्ध जनसंख्याले व्यक्तिगत बचत र सार्वजनिक प्रणालीहरुमा बढ्दो दबाब दिन्छ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS