IME Life New

तस्करीको साढे ७ किलो सुन रसुवाबाट बरामद, कन्टेनरबाट काठमाडौं ल्याइँदै थियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रसुवाबाट काठमाडौं ल्याउन लागिएको अवस्थामा आइतबार ठूलो परिमाणमा सुन बरामद भएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार रसुवागढी नाकाबाट कन्टेनरमा ल्याइरहेको अवस्था जिल्ला प्रहरी कार्यालयको टोलीले सुन बरामद गरेको हो। ‘सुन फल्स बटम बनाएर लुकाएर ल्याइँदै थियो’, उनले भने।

Esewa
Crest

बरामद सुन र कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। बरामद सुन नापजाँच गर्न भन्सार कार्यालयमा पठाइएको प्रजिअ पौडेलले जानकारी दिए। ‘चालकलाई भने जिल्ला प्रहरीको नियन्त्रणमा राखिएको छ’, उनले भने।

रसुवा प्रहरी स्रोतका अनुसार साढे ७ किलोभन्दा बढी सुन बरामद भएको छ। ‘सुनको यकिन परिमाण जाँच्ने काम भन्सारमा हुनेछ’, स्रोतले भन्यो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS