IME Life New

भोलिदेखि आधा मूल्यमै ७.१ केजी एलपी ग्यास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले भोलि शुक्रबार फागुन २९ गतेदेखि आज मूल्यमै ७.१ केजी एलपी ग्यास बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको छ।

मध्यपूर्व तनावबीच ग्यासको माग उच्च भएपछि निगमले यस्तो व्यक्त गरेको छ। ‘हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आमउपभोक्ताको मागबमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागि निगमले फागुन २९ गतेदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिन्डरमा ७.१ केजी एलपी ग्यास भरी प्रतिसिलिन्डर आधा मूल्य ९५५ रुपैयाँमा बिक्रीवितरण गर्ने निर्णय भएको हुँदा आमउपभोक्ता वर्गले सोहीअनुसार एलपी ग्यास खरिद गर्न अनुरोध छ’, निगमन आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

Esewa
Crest

निगमले नियमित रुपमा मागअनुरुप नै एलपी ग्यासको आयात तथा वितरण गरिरहेको भए पनि विगत दुई–तीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग उच्च देखिएको विज्ञप्तिमा उल्लेख छ। यसैबीच मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रुपमा असर परिरहेको विज्ञप्तिमा भनिएको छ।

नेपाललाई एलपी ग्यास आपूर्ति गर्ने मुलुक भारतमा समेत सर्वसाधारण उपभोक्तालाई एलपी ग्यास प्राप्तिमा समस्या देखिन थालेको विषय आमसञ्चार माध्यमहरुमा प्रकाशित तथा प्रसारित भएपश्चात नेपालमा पनि आवश्यकता भन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढ्दै गएको देखिएको निगमले जनाएको छ। ‘तसर्थ हालको परिस्थितिलाई दृष्टिगत गरी एलपीग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आमउपभोक्ताको मागबमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागि निगमले यो व्यवस्था गरेको हो’, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS