IME Life New

छिमेक लघुवित्तको ६९ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. ४४५

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको ६९ हजार कित्ता शेयर आज फागुन २७ गतेबाट बिक्रीमा राखिएको छ।

संस्थाको संस्थापक समूहको शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो शेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४४५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्ताका लागि खरिद गर्न निवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि निवेदन दिन सकिनेछ

बोलपत्र आउँदो चैत १२ गतेसम्म पेस गर्न सकिनेछ। बोलपत्र काठमाडौंको थापाथलीस्थित ट्रेड टावरमा रहेको एनआईसी एसिया क्यापिटलमा पेस गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS