IME Life New

ताइवानका ६७% जीवन बीमकले प्रयोग गर्छन् एआई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ताइवानका ६७ प्रतिशत जीवन बीमा कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग गर्न थालेका छन्।

ताइवानको वित्तीय पर्यवेक्षक आयोग (एफएससी)ले हालै गरेको एक सर्वेक्षणका क्रममा यस्तो भेटिएको छ। सर्भेक्षणअनुसार ताइवानको बीमा उद्योगमा एआईको प्रयोग बढिरहेको छ। सर्भेक्षण प्रतिवेदनअनुसार ६७ प्रतिशत जीवन बीमकका साथै ४५ प्रतिशत सम्पत्ति बीमकले पनि अब यो प्रविधि प्रयोग गरिरहेका छन्।

Esewa
Crest

यसले वित्तीय क्षेत्रमा व्यापक वृद्धिलाई प्रतिविम्बित गर्दछ। तइवानमा समग्र एआईको प्रयोग गर्ने सन् २०२४ मा २९ प्रतिशतबाट बढेर ३३ प्रतिशत पुगेको छ।

बीमकहरुले मुख्यतया आन्तरिक सञ्चालन, ग्राहक सेवा र धोखाधडी पत्ता लगाउन एआई प्रयोग गरिहेका छन्। एआई प्रयोगकर्ताको लगभग आधाले जेनेरेटिभ एआई पनि अपनाएका छन्। यद्यपि सटिकता, डाटा गोपनीयता र अनुपालनका बारेमा चिन्ताहरु बाँकी छन्।

बढ्दो प्रयोगको बाबजुद धेरैजसो बीमकले निर्णय लिनेमा एआईको भूमिकालाई सीमित गरेका छन् र नियमित रुपमा प्रणाली कार्यसम्पादनको निगरानी राखेका छन्। एफएससीका सर्वेक्षण गरिएका लगभग आधा संस्थाले एआईको प्रयोग विस्तार गर्ने योजना बनाएका छन्। उनीहरु धोखाधडीविरोधी उपकरण र क्षेत्र–विशिष्ट भाषा मोडेलहरुको सहयोगी विकासमा गहिरो रुचि राख्छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS