काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनीको ५४ लाख २३ हजार बढी कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै आउँदो भदौ २ गतेपछि ५४ लाख २३ हजार ३८० कित्ता शेयरको लकइन अवधि सकिने जानकारी गराएको हो।
जसमा संस्थापकको ५२ लाख कित्ता, स्थानीयको १ लाख ८३ हजार ३८०कित्ता र कम्पनीका कर्मचारीको ४० हजार कित्ता रहेको छ।
कुनै पनि कम्पनीको सर्वसाधारणलाई जारी आइपीओको बाँडफाँड मितिले ३ वर्षसम्म संस्थापक, स्थानीय र कर्मचारीको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ। सोही प्रावधानबमोजिम लकइन अवधि सकिन लागेको हो।
यद्यपि, सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा नियमानुसार शेयर रोक्का रहने कम्पनीले जनाएको छ।












