IME Life New

यी ४ देशका ५ लाख नागरिकलाई तुरुन्त अमेरिका छोड्न निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिका आउन विशेष अनुमति लिएका लाखौँ आप्रवासीलाई तुरुन्तै देश छोड्न भनिनेछ।

ट्रम्प प्रशासनले पहिले अस्थायी रुपमा निर्वासनबाट सुरक्षित गरिएका क्युबा, हैटी, निकारागुआ र भेनेजुएलाका नागरिक तत्काल अमेरिका छाड्न आदेश दिएको हो। ‘उनीहरुलाई ई–मेल पठाएर अमेरिका छोड्न भनिनेछ’, गृह सुरक्षा विभाग (डीएचएस)ले बिहीबार जारी एक विज्ञप्तिमा भनेको छ।

Esewa
Crest

डीएचएसले पूर्वराष्ट्रपति जो बाइडेनले जारी गरेको आदेशअन्तर्गत चार देशका ५ लाखभन्दा बढी आप्रवासीलाई २ वर्षसम्म अमेरिकामा बस्न अनुमति दिइएको जनाएको छ। ट्रम्प प्रशासनको सामूहिक निर्वासन कार्यक्रमका विरोधीहरुले यो निर्देशनलाई कानुनी चुनौतीहरुको सामना गर्ने अपेक्षा गरिएको छ।

आफ्नो कार्यकालमा बाइडेनले चारै देशको अवस्थाका कारण ‘मानवीय प्यारोल’ भनिने र शीतयुद्धको समयदेखिको सुरक्षा विस्तार गरेक थिए।

यसअघि डीएचएसले नोभेम्बर २०२४ को अन्त्यसम्ममा कार्यक्रमअन्तर्गत ती देशका कुल ५ लाख ३१ हजार ६७० जना आप्रवासीलाई अमेरिकामा बस्न अनुमति दिइएको जानकारी गराएको थियो। फलस्वरुप ती ४ देशका नागरिक अवैध सीमा पार गर्ने कार्यमा ९८ प्रतिशत कमी आएको थियो। यद्यपि, नयाँ निर्देशनबाट कतिजना प्रभावित हुनेछन् भन्ने कुरा स्पष्ट छैन। किनकि ती देशका केही आप्रवासीले अन्य भिसा कार्यक्रमअन्तर्गत अमेरिकामा बस्न कानुनी स्थिति प्राप्त गरेको हुन सक्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS