IME Life New

नेप्सेमा ५ म्युचुअल फण्डको इकाईमूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा ५ म्युचुअल फण्डको इकाईमूल्य समायोजन भएको छ। नेप्सेमा सानिमा ग्रोथ फण्ड, सानिमा लार्ज क्याप फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ तथा सिद्धार्थ इक्विटी फण्डको इकाईमूल्य समायोजन भएको हो।

सानिमा ग्रोथ फण्ड १५.७९ प्रतिशत र सानिमा लार्ज क्याप फण्डको २१.०५ प्रतिशत लाभांश समायोजन भएको हो। समायोजनपश्चात सानिमा ग्रोथ फण्डको ९ रुपैयाँ २६ पैसा र सानिमा लार्ज क्याप फण्डको ९ रुपैयाँ ५९ पैसा कायम भएको छ।

Esewa
Crest

त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को २० प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को १७ प्रतिशत र सिद्धार्थ इक्विटी फण्डको २० प्रतिशत लाभांशको मूल्य समायोजन भएको हो। लाभांश समायोजनपछि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को ९ रुपैयाँ ५३ पैसा, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को ९ रुपैयाँ ३२ पैसा र सिद्धार्थ इक्विटी फण्डको ९ रुपैयाँ ४८ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा फण्डहरुको मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन दास्रो बजारमा सानिमा ग्रोथ फण्डको अन्तिम इकाईमूल्य १० रुपैयाँ ८४ पैसा, सानिमा लार्ज क्याप फण्डको ११ रुपैयाँ ६९ पैसा, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को ११ रुपैयाँ ५३ पैसा, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को ११ रुपैयाँ २ पैसा र सिद्धार्थ इक्विटी फण्डको ११ रुपैयाँ ४८ पैसा कायम भएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कारोबारमा आउनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS