काठमाडौं । अझै पनि बीमाको पहुँच बाहिर ४७ दशमलव ६९ प्रतिशत जनसंख्या छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशित गरेको २०७८ सालको जनगणनाको प्रतिवेदनमा
प्रकाशित जनसंख्याको वृद्धि प्रतिशतका आधारमा २०८२ चैत्र मसान्तसम्मको जनसंख्या प्रक्षेपण गरी बीमाको दायरा गणना गर्दा अझै ४९.६९% जनसंख्या बीमाको पहुँच बाहिर रहेको पाइएको छ भने ५०.३१% जनसंख्यामा बीमाको पहुँच पुगेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को चैत्र मसान्तसम्ममा वैदेशिक रोजगार म्यादी जीवन बीमाको दायरा ७.६५% बढे सँगै जीवन बीमाको दायरामा ५०.३१% पुगेको छ । आ.व. २०७८/७९ को असार मसान्तसम्ममा बीमाको दायरा ४१.२०% रहेकोमा क्रमश; ४४.३८%, ४३.२७% र आ.व. २०८१÷८२ मा बीमाको दायरा ४८.३३% पुगेको थियो ।













