IME Life New

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ शेयरधनीको घटाइँदै शेयरपुँजी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकका ३५ शेयरधनीको शेयरपुँजी घटाएर १ प्रतिशत कायम गरिने भएको छ।

नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहले बैंकको सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) गरी २५ संस्थापक शेयरधनी र १० सर्वसाधारण शेयरधनीको शेयरपुँजी घटाएर १ प्रतिशत कायम गर्ने निर्णय गरेको हो। डीडीएका क्रममा बैंकको चुक्तापुँजी क्षय भएको, दायित्व सम्पत्तिले नखाम्ने देखिएको र ती ३५ शेयरधनीबाट चुक्ता हुनुपर्ने शेयरपुँजीबापतको रकम अवैधानिक रुपमा चुक्ता भएको पाइएको व्यवस्थापन समूहले जनाएको छ।

Esewa
Crest

त्यसैले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ङ को उपदफा (१)को खण्ड (च) तथा खण्ड (ज) र दफा ८६ज बमोजिम घटाएर ती शेयरधनीको शेयरपुँजी १ प्रतिशत कायम गरिने व्यवस्थापन समूहले जनाएको छ। यसरी पुनर्संरचना गर्दा हाल २५ संस्थापक शेयरधनीको नाममा रहेको २१ लाख ३६ हजार ६०.८४ कित्ता घटाएर २१ हजार ३६०.६१ कित्ता र १० सर्वसाधारण शेयरधनीको १२ हजार ६८४.९८ कित्ता घटेर १२६.८५ कित्ता कायम हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS