काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको ३ लाख १४ हजार बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत गरिएको छ।
संस्थाको संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिमार्जन गर्न संस्थापक शेयर सर्वसाधारणमा परिणत गरिएको छ। जसअनुसार संस्थाको ३ लाख १४ हजार ३९९.९७ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत गरिएको छ।
योसँगै अब संस्थामा संस्थापक शेयरधनीको शेयर स्वामित्व ५९.११ प्रतिशत र सर्वसाधारणको ४०.८९ प्रतिशत कायम भएको छ।












