IME Life New

दोस्रो एमाच्योर टेनिस टुर्नामेन्टः थापा, वाइबा र क्षेत्रीलाई एकलतर्फको उपाधि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंको मन्डीखाटा कोर्टमा आयोजित दोस्रो एमाच्योर टेनिस टुर्नामेन्टमा एकलतर्फ विभिन्न उमेर समूहमा कमल थापा, विमल वाइबा र देव क्षेत्रीले उपाधि हात पारेका छन्। थापाले ६५ वर्ष माथि, वाइबाले ५५ वर्ष माथि र क्षेत्रीले ४५ वर्ष माथिको प्रतियोगितामा उपाधि हात पारेका हुन्।

यसैगरी प्रतियोगितामा डबलतर्फ जीवन घिमिरे र सुदर्शन बिटले ५५ वर्ष माथिको उपाधि हासिल गर्दा ३५ वर्ष माथिको एकल प्रतियोगितामा भीष्मजंग गुरुङ उपाधि हात पारेका छन्।

Esewa
Crest

यो टेनिस प्रतियोगिता यही अप्रिल ७ देखि अप्रिल १२ सम्म सञ्चालन भएको थियो। मन्डिखाटार कोर्टमा ६ दिनसम्म चलेको प्रतियोगिता खेलाडीको प्रतिभामात्रै उजागर नगरी आमसमुदाय एकताको प्रतीकका रुपमा खडा भएको छ।

मैत्रीपूर्ण रुपमा सञ्चालित प्रतियोगिताले सहकार्य सफलतापूर्व निर्वाह गर्नुका साथै समूहिक सहभागीको कदर गरेको देखिन्छ। ‘यस प्रतियोगिता सामाजिक दायित्व निर्वाह गरेको छ’, स्थानीय सामाजिक विकास विश्लेषक एन्जिला शर्माले भनिन्, ‘यसले आपसमा सहकार्य र सामाजिक विकासमा महत्वपूर्ण भूमिका निभाएको छ।’

उत्कृष्ट वातावरण र सबै उमेर समूहको उल्लेख्य सहभागिताले आउँदो वर्ष हुने तेस्रो मन्डिखाटार एमेच्योर टेनिस टुर्नामेन्ट अझै विशाल र भव्य हुने आयोजकको अपेक्षा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS