IME Life New

२४ वर्षको अनुभवी भारतीय नियामकको सञ्चालकमा नियुक्त, नेपालमा किन भद्दा मजाक ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारत सरकारले बीमामा लामो समयदेखिका अनुभवी ५७ वर्षीय स्वामिनाथन एस ऐय्यरलाई भारतीय बीमा नियामक तथा विकास प्राधिकरणको सञ्चालक समिति सदस्य पदमा नियुक्त गरेको छ। सरकारले जीवन बीमातर्फको विज्ञ सदस्यका रुपमा उनलाई पाँच वर्षका लागि नियुक्त गरेको हो।

ऐय्यर टाटा एआइए लाइफ इन्स्योरेन्सको कार्यकारी उपाध्यक्ष, कम्पनी सचिव, नियामकीय मामिला, वातावरण, सामाजिक तथा सुशासन मामिला विभागका प्रमुख हुन् । भारत सरकारले पहिलोपटक नियामकको सञ्चालक समितिमा निजी क्षेत्रको जीवन बीमा कम्पनीबाट प्रतिनिध नियुक्त गरेको हो।

Esewa
Crest

ऐय्यर नेपालको बीमा प्राधिकरणमा सरकारले झस्केलाबाट ल्याएर नियुक्त गरिएका सञ्चालक सदस्यहरुजस्ता बीमासँग टाढा-टाढासम्म पनि कुनै सरोकार नभएको व्यक्ति होइनन् । उनी उच्च व्यवस्थापकीय तहमा कथित अनुभव नभएर वास्तवमै अनुभव सँगालेका योग्य व्यक्ति हुन्।

एसियन इन्स्योरेन्स पोस्टका अनुसार अनुभवी कम्पनी सचिवका रुपमा पहिचान बनाएका स्वामिनाथन टाटा एआईए लाइफ इन्स्योरेन्समा पछिल्लो १४ वर्षदेखि कार्यरत छन् । त्यो भन्दाअघि उनी १० वर्षसम्म एचडीएफसी बैंकमा कार्यरत थिए।

नेपालमा निर्जीवन बीमा विज्ञ र जीवन बीमा विज्ञका रुपमा बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पदमा नियुक्त पात्रको पृष्ठभूमि केलाउँदा उनीहरु कहिल्यै बीमा कम्पनीमा काम गरेका होइनन् । न त कुनै उच्च व्यवस्थापकीय तहमा ५ वर्ष वा त्योभन्दा लामो अवधिको अनुभव अँगालेका व्यक्ति नै हुन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार एचडीएफसीबाट पेसागत यात्रा सुरु गरेका उनले पुनर्बीमा, व्यवस्थापन, गाभ्ने तथा प्राप्ति, संस्थागत सुशासन र व्यवस्थापकीय सूचना प्रणालीमा समेत अनुभव हासिल गरेका छन् ।

नेपालमा राजनीतिक दलले बीमा ऐन २०७९ मै बीमा कम्पनीमा कार्यरत व्यक्तिको सट्टा बीमा क्षेत्रको अनुभवी भनेर प्रावधान राखेर कार्यकर्ता भर्तीको बाटो सहज बनाए। त्यसपछि नियुक्तिको समयमा बीमाको सामान्य सिद्धान्तबारे समेत जानकारी नभएका व्यक्तिलाई टपक्क टिपेर बीमा प्राधिकरणको सञ्चालक जस्तो महत्वपूर्ण पदमा नियुक्त गरिदिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS