IME Life New

निरन्तर २४ वर्षको प्रयास, एकै झट्कामा जिते साढे १३ करोडको लटरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भाग्य कहिले मान्छेलाई साथ दिन्छ भन्ने कसैलाई थाहा हुँदैन। संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा बसोबास गर्ने एक ६९ वर्षीय भारतीय प्रवासी त्यस्तै अपत्यारिलो भाग्यमानी बन्न पुगेका छन्। जब उनी एकै झट्कामा करोडपति बने।

मदाथिल मोहनदासले दुबई ड्युटी फ्री मिलेनियम मिलेनियर ड्रमा १० लाख डलर अर्थात् करिब १३ करोड ६५ लाख रुपैयाँ जितेका हुन्। यस ड्रको नतिजा मे १४ मा घोषणा गरिएको थियो।

Esewa
Crest

अरब मिडिया रिपोर्टहरुका अनुसार भारत केरलाका मोहनदासले अप्रिल २८ मा टर्मिनल ३ आगमन पसलबाट लटरी टिकट किनेका थिए। अल जाबेर ग्यालरीमा प्रबन्धकका रुपमा काम गर्ने मोहनदास एकै झट्कामा करोडपति बने।

मोहनदासको सफलताको पछाडि २४ वर्षको निरन्तरता प्रयास रहेको छ। उनी विगत २४ वर्षदेखि निरन्तर ड्युटी फ्री टिकट किन्दै आएका छन्। लटरी जितेपछि उनले भने, ‘दुबई ड्युटी फ्री धेरै धेरै धन्यवाद। यो जितबाट म धेरै खुसी छु।’

दुबई ड्युटी फ्रीको सुरुवातदेखि नै १० लाख डलरको पुरस्कार जित्ने मोहनदास २५० औँ भारतीय हुन्। सन् १९९९ मा सुरु भएको यस ड्रमा टिकट खरिद गर्नेहरुको सबैभन्दा ठूलो समूह अझै पनि भारतीय नै छन्।

मे १४ मा घोषणा गरिएको ड्रमा एक १८ वर्षीय भारतीय युवती पनि विजेता बनेकी छन्। शारजाहकी निवासी तस्निम असलम शेखले पुरस्कारका रुपमा बीएमडब्ल्यू एफ९००आर बाइक जितेकी छन्न् उनले अप्रिल २२ मा लटरी टिकट किनेकी थिइन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS