IME Life New

‘जेन जी’ आन्दोलनका कारण २१ वटा कम्पनी परे इन्फोमेरिक्स रेटिङ्गसको निगरानी सूचीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेन जी आन्दोलनका क्रममा भएको विध्वंश र उत्पन्न राजनीतिक अन्याैलताका कारण प्रभावित २१ वटा कम्पनीको रेटिङ्ग(मूल्याङ्कन)लाइ इन्फोमेरिक्स नेपालले निगरानी सूचीमा राखेको छ।  ई ओ

इन्फोमेरिक्सका अनुसार, निर्जीवन बीमक, शिक्षण संस्था देखि तारे होटलसम्मको क्रेडिट रेटिङ र इस्युअर रेटिङ वाच विथ नेगेटिभ इम्पिकेशन अर्थात् नकारात्मक प्रभाव सहित निगरानी सूचीमा परेका छन्।

Esewa
Crest

नेपाल लाइफ इन्स्योरेन्सको लगानी रहेको प्रोफेशनल एजुकेटर्श लिमिटेड, ग्लोबल कलेज अफ टेक्नोलोजी प्रालि, जगदम्बा हस्पिटालिटीमा सबैभन्दा संवेदनशील सूचीमा परेका छन्। विध्वंशका क्रममा आगजनी गरिएपछि यी तीन संस्थाले सञ्चालन गरिरहेको शिक्षण संस्था र होटल बन्द छ। क्षति मूल्याङ्कनको काम अझै पनि पुरा भएको छैन। पुनःनिर्माण सकेर कहिले देखि सञ्चालनमा ल्याउने भन्ने पनि अन्याैल छ।

५ अर्ब ३० करोड बैंक ऋण सुविधाका लागि क्रेडिट रेटिङ गरिएको जगदम्बा हस्पिटालिटीले नक्सालमा सञ्चालनमा ल्याएको हिल्टन होटलको भवनमा आगलागी पछि तत्कालै होटल सञ्चालनमा आउन सक्ने अवस्थामा छैन। प्रोफेशनल एजुकेटर्सले मध्य बानेश्वरमा सञ्चालन गरिरहेको ग्लोबल कलेजमा पनि मुख्य भवनमा आगजनी पछि ध्वस्त भएको छ।

नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र ट्रष्ट माइक्रो इन्स्योरेन्स पनि निगरानी सूचीमा परेका छन्। आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानीको दायीत्व आइपरेकाले यी चारवटै बीमक निगरानी सूचीमा परेका हुन्।

आन्दोलनले पर्यटक आगमनमा गिरावटका कारण पर्यटन क्षेत्र प्रभावित हुँदाको असर हेलिकप्टर सेवा कम्पनीलाई पनि परेको छ। एयर डाइनेष्टी र मनाङ एयर प्रालि पनि निगरानी सुचीमा परेको इन्फोमेरिक्स नेपालले जानकारी दिएको छ।

होटलमा भएको तोडफोड आगजनी, आन्दोलनमा भएको विध्वंश र राजनीतिक अन्याैलतासँगै विदेशी पर्यटकले भ्रमण कार्यक्रम रद्द गरेपछि होटल व्यवसाय गरिरहेका १२ वटा कम्पनीहरू निगरानी सूचीमा समेटिएका छन्।

पर्यटन क्षेत्रमा भएको प्रभावका कारण एशियन लाइफको लगानी रहेको होटल फरेष्ट इन र माउण्टेन ग्लोरी होटल पनि निगरानी सूचीमा परेको छ। यी दुबै होटलले प्राथमिक शेयर निष्काशनका लागि इन्फोमेरिक्स नेपालबाट जारीकर्ता रेटिङ गराएका थिए। यसैगरी बैंक ऋण सुविधा प्रयोजनका लागि क्रेडिट रेटिङ अर्थात वित्तीय सबलता मूल्याङ्कन गराएका कम्पनीहरू द मासिफ होटल प्रालि, तायो इको रिसोर्ट, सिद्धार्थ इन्टरनेशनल होटल, मुनाल एण्ड मयुर वेलनेश रिट्रिट होटल प्रालि, होटेल ल्हासा इण्टरनेशनल प्रालि, मणिग्राम विश्राम वाटिका प्रालि, स्वर्णिम होटल लिमिटेड, द मेट्रोपलिटन होटल लिमिटेड, भैरहवा गार्डेन रिसोर्ट प्रालि, ठमेल प्लाजा होटल र सुइट लिमिटेड पनि निगरानी सूचीमा परेका छन्।

निगरानी सूचीमा परेका कम्पनीहरूले पूर्व निर्धारित समयमा वित्तीय दायीत्व पुरा गर्ने सम्बन्धमा पहिलेको भन्दा अधिक जोखिमको अवस्था हुन्छ। यसबाहेक बैंक वित्तीय संस्थाले पनि ऋण वापत थप सुरक्षण माग्ने, ऋणको सीमा कटाैती गर्ने वा साँवा असुलीका लागि कडिकडाउ गर्ने संभावना हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS