IME Life
GBIME

सम्पत्ति शुद्धीकरणमा बीमकलाई झन् कस्दै प्राधिकरण, दियो ५ बुँदे निर्देशन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बीमा कम्पनीले बीमाका माध्यमबाट हुन सक्ने सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निरुत्साहन गर्न विशेष विभाग खडान गर्नुपर्ने भएको छ। नेपाल बीमा प्राधिकरणको सम्पत्ति शुद्धीकरण शाखाले आइतबार सबै बीमकलाई ५ बुँदे निर्देशनात्मक परिपत्र जारी गर्दै एएमएल/सीएफटीसम्बन्धी विशिष्टीकृत विभाग वा इकाइ गठन गर्न निर्देशन दिएको हो।

प्राधिकरणले बीमकको माध्यमबाट सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निरुत्साहन गर्न अन्य निर्देशनसमेत जारी गरेको छ। निर्देशनमा कम्तीमा २ वर्षसम्म सरुवा वा जिम्मेवारी हेरफेर नहुने गरी कार्यान्वयन अधिकारीको नियुक्ति र पर्याप्त संख्यामा जनशक्ति खटाउन निर्देशन दिइएको छ। सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका २०८१ को दफा १७ मा व्यवस्थापन स्तरको कर्मचारीलाई कार्यान्वयन अधिकारीको जिम्मेवारी दिनुपर्ने प्रावधान छ।

Crest

एएमएल/सीएफटीसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न प्राधिकरणले कार्यान्वयन अधिकारीलाई अधिकार सम्पन्न बनाउने प्रयास गरेको छ। परिपत्रमा बीमकको कार्यान्वयन अधिकारीले मागेको सूचना वा जानकारी उपलब्ध नगराउने कर्मचारीविरुद्ध विभागीय कारबाहीको सिफारिससहित प्राधिकरणमा जानकारी गराउनसमेत निर्देशन दिएको छ। मागेको जानकारी वा सूचना नपाएमा तत्कालै कार्यान्वयन अधिकारीले बीमकको पदाधिकारी वा कर्मचारी विभागीय कारबाहीका लागि सिफारिस गर्न सक्ने अधिकार प्राधिकरणले दिएको छ।

स्वतन्त्र सञ्चालकको संयोजकत्वमा परिपालना विभाग प्रमुख, जोखिम व्यवस्थापन तथा सोल्भेन्सी विभागका विभागीय प्रमुख तथा कार्यान्वयन अधिकारी सदस्य सचिव रहने गरी सम्पत्ति शुद्धीकरण निवारण समिति गठन गर्नसमेत बीमकलाई निर्देशन दिइएको छ। यस्तो समितिले लगानी नियन्त्रणका लागि नीति, कार्यविधि र योजना तयार पारेर सञ्चालक समितिसमक्ष पेस गर्नुपर्नेछ।

प्राधिकरणले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा विषयको गाम्भीर्यताबारे ज्ञान आदानप्रदान गर्न आधारभूत शेयरधनी, सञ्चालक, कर्मचारी र मध्यस्थकर्तालाई नियमित रुपमा प्रशिक्षणसमेत दिनुपर्ने भएको छ। उत्तराधिकार योजनाअनुसार जनशक्ति तयार गर्न तालिम तथा क्षमता विकाससम्बन्धी कार्यक्रम तयार गरी लागू गर्नसमेत निर्देशन दिएको छ।

यस्तो छ परिपत्रमार्फत दिइएको निर्देशन

१. सम्पूर्ण इजाजत प्राप्त बीमकले एक अलग्गै एएमएल/सीएफटीसम्बन्धी विशिष्टीकृत विभाग÷इकाइ गठन गर्ने,

२. सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०८१ दफा (१७) बमोजिम व्यवस्थापन स्तरको कर्मचारी रहने गरी एक कार्यान्वयन अधिकारी नियुक्त गर्ने, आवश्यक संख्यामा कर्मचारी खटाइ जिम्मेवारी प्रदान गर्ने तथा कम्तीमा २ वर्षसम्म सरुवा वा जिम्मेवारी परिवर्तन नगर्ने,

३. कार्यान्वयन अधिकारीले ऐन, नियमावली तथा निर्देशिकाबमोजिमका विषय कार्यान्वयन गर्ने सिलसिलामा माग गरेको आवश्यक सूचना, कागजात, अभिलेख वा विवरण उपलब्ध नगर्ने/नगराउने बीमकका पदाधिकारी वा कर्मचारीलाई विभागीय कारबाहीको सिफारिस गर्नुपर्नेछ । यसरी गरिएको कारबाहीको जानकारी प्राधिकरणलाई गराउनुपर्नेछ,

४. बीमकको संस्थागत सुशासन निर्देशिका, २०८० को दफा १०(ङ) बमोजिमको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी समिति गठन गर्दा स्वतन्त्र संचालकको संयोजकत्वमा परिपालना विभागका विभागीय प्रमुख, जोखिम व्यवस्थापन तथा वित्तीय स्वस्थता (सोल्भेन्सी) विभागका विभागीय प्रमुख सदस्य तथा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०८१ को दफा (१७) बमोजिम नियुक्त कार्यान्वयन अधिकारी सदस्य सचिव रहने गरी गठन गर्नुपर्नेछ । समितिको बैठक आवश्यकताअनुसार बस्न सक्नेछ। समितिले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी नीति, कार्यविधि तथा योजना तयार गरी सञ्चालक समितिसमक्ष पेस गर्नुपर्नेछ ।

५. ऐन, नियमावली तथा निर्देशिकाको पालना प्रभावकारी एवं परिणाममुखी बनाउन सम्पत्ति शुद्धीकरण निवारण विषयको गाम्भीर्यताका बारेमा ज्ञान आदानप्रदान गरी संस्थागत क्षमता अभिवृद्धि गर्न देहायबमोजिमको व्यवस्था मिलाउनुपर्नेछ।

क. संस्थाको चुक्तापुँजीको १ प्रतिशत वा सोभन्दा बढी शेयर स्वमित्व भएका शेयरधनी, सञ्चालक तथा उच्च व्यवस्थापकलाई ज्ञान आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने,

ख. कार्यान्वयन अधिकारी, कर्मचारी तथा मध्यस्थकर्तालाई नियमित रुपले ज्ञान आदानप्रदान कार्यक्रममा सहभागी गराउने व्यवस्था गर्ने,

ग. उत्तराधिकारी योजनाको अवधारणाअनुरुप जनशक्ति तयार गर्न तालिम तथा क्षमता विकाससम्बन्धी कार्यक्रम तयार गरी लागू गर्ने ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS