IME Life New
GBIME

माघ १५ बाट आइपीओ जारी गर्दै क्रेस्ट माइक्रो लाइफ

SPIL
Global College
NLIC

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले यही माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालका लागि आइपीओ जारी गर्ने भएको छ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबर आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले २२ लाख ५० हजार कित्ता शेयर जारी गर्नेछ।

Crest

कम्पनीले पहिलो चरणमा कुल निष्कासनको १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँबराबर अर्थात २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो। यो आइपीओमा न्यूनतममा १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयर खरिद आवेदन दिन सक्नेछन्। आवेदन माघ २९ गतेसम्म बैंकिङ समयसम्म दिन सकिनेछ।

आइपीओ जारी गर्ने क्रेस्ट माइक्रो लाइफ दोस्रो लघु बीमा कम्पनी हो। यसअघि गार्डियन माइक्रो लाइफले आइपीओ जारी गरेर बाँडफाँडसमेत गरिसकेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS