IME Life
GBIME

मुक्तिनाथ विकास बैंकको १८ औँ वार्षिक साधारणसभा सम्पन्न

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो १८ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सभा पोखराको बुलौदीस्थित पोखरा इमेन्ट सेन्टरमा सम्पन्न गरेको हो । सभाले १०० रुपैयाँ अंकित दरले २ अर्ब रुपैयाँबराबरको मुक्तिनाथ ८।५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न नियमनकारी निकायबाट स्वीकृति लिने विशेष प्रस्ताव पारित गरेको छ ।

अग्राधिकार शेयर जारीपछि हाल कायम जारी तथा चुक्तापुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार ४९.८ रुपैयाँबाट वृद्धि गरी ८ अर्ब ४ करोड ६९ लाख ३८ हजार ४९.८ रुपैयाँ कायम गर्ने प्रस्ताव सभाले अनुमोदन गरेको छ ।

Crest

हाल कायम अधिकृत पुँजी ८ अर्ब रुपैयाँबाट वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्याउने र सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरको बाटो पनि खुला गरेको छ । अन्य बैंक तथा वित्तीय संस्था मर्जरका लागि उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ ।

सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति स्वीकृत गर्दै काठमाडौंको कमलादीबाट लाजिम्पाटमा केन्द्रीय कार्यालय स्थानान्तरण गर्नका लागि प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले पारित गरेको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS