काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक गरेको छ । काठमाडौंस्थित अलफ्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा रेड्मी नोट १४ सिरिजका नयाँ फिचरहरू प्रस्तुत गर्दै कम्पनीले स्मार्टफोन अनुभवलाई नयाँ उचाइमा पु-याउने तयारी भएको जनाएको छ ।
रेड्मी नोट १४ सिरिजमा रेड्मी नोट १४, रेड्मी नोट १४ ५जी, रेड्मी नोट १४ प्रो ५जी र रेड्मी नोट १४ प्रो+ ५जी गरी ४ मोडेलहरू रहेका छन् । यी सबै मोडेलहरूमा अत्याधुनिक फिचर, स्टाइलिश डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता भएकोले ग्राहकहरूको अनुभवलाई नयाँपन दिने विश्वास कम्पनीले लिएको छ ।
रेड्मी नोट १४ सिरिज सार्वजनिक कार्यक्रममा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “शाओमीको मुख्य उद्देश्य भनेको स्मार्टफोनले दिन सक्ने अनुभवलाई जतिसक्दो बढाउने रहेको छ । रेड्मी नोट १४ सिरिज पनि यसबाट अलग छैन । फ्ल्यागशिप–स्तरका क्यामरा, शक्तिशाली प्रोसेसर र उत्कृष्ट टिकाउपनका साथमा आकर्षक डिजाइनमा उपलब्ध यी डिभाइसहरुले नेपाली स्मार्टफोन बजारमा नयाँ मापदण्ड स्थापित गर्नेमा हामी विश्वस्त रहेका छौँ ।”
रेड्मी नोट १४ प्रो+५जीका मुख्य विशेषताहरूः
स्टाइलिश डिजाइन र उच्च टिकाउपनः रेड्मी नोट १४ प्रो+ ५जीको बोल्ड डिजाइन र उत्कृष्ट टिकाउपना रहेको कम्पनीले जनाएको छ । यसमा आइपी ६८ डस्ट र वाटर रेजिस्टेन्स फिचर समावेश रहेको छ । ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लू र मिडनाइट ब्ल्याक रंगमा उपलब्ध यो मोडेलमा कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ प्रयोग गरिएको छ। यसले डिभाइसलाई थप सुरक्षा प्रदान गर्नुका साथै स्टाइलिस पनि देखाउने कम्पनीले जनाएकाे छ ।
स्न्यापड्रागन ७ एस जेन ३ को उच्च प्रदर्शनः रेड्मी नोट १४ प्रो+ ५जीमा रहेको स्न्यापड्रागन ७ एस जेन ३ चिपसेटले उच्च स्पीड र प्रदर्शन सुनिश्चित गर्दछ । ८ जीबी+२५६ जीबी र १२ जीबी +५१२ जीबी कन्फिगरेसनमा उपलब्ध रहेको यो मोडलले मल्टिटास्किङ र गेमिङलाई झनै सहज बनाउने कम्पनीकाे दाबी रहेकाे छ ।
२०० मेगापिक्सेलको प्रो–ग्रेड एआई क्यामराः २०० मेगापिक्सेलको मुख्य क्यामरासँग ओआईएस र १६–इन–१ पिक्सेल बिनिङ प्रविधि रहेको यस मोडलमा ८ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामरा समावेश छ । यस फाेनमा डायनामिक शट्स, मोसन ट्राकिङ फोकस र डुअल भिडियो मोडजस्ता फिचर रहेकाे छ ।
१२० वाट हाइपरचार्जः ५११० एमएएचको उच्च क्षमता रहेको ब्याट्री र १२० वाट हाइपरचार्ज फिचर भएको यो मोडेल छिटो चार्ज पनि हुन्छ जसले गर्दा प्रयोगकर्ताले यो स्मार्टफोन दिनभर प्रयोग गर्न सक्नेछन् ।
एआई विशेषताहरूः गुगलको सर्कल टु सर्च, गुगल जेमिनी, एआई इन्टरप्रेटर, एआई नोट्स, एआई रेकर्डर, एआई सबटाइटल्स, एआई फिल्म, एआई ब्यूटिफाइ, एआई इरेज प्रो सिक्स र एआई इमेज एक्सपान्सन लगायतका सुविधाहरू पनि यस फाेनमा पाउन सकिन्छ।
रेड्मी नोट १४ प्रो ५जीका मुख्य विशेषताहरूः
प्रिमियम डिजाइन र आइपी ६८ सुरक्षाः स्लिम डिजाइन रहेको रेड्मी नोट १४ प्रो ५जीमा आइपी ६८ डस्ट तथा वाटर रेजिस्टेन्स सुविधा उपलब्ध रहेको छ । मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिन रंगमा उपलब्ध यस स्मार्टफोनमा स्टाइलिश फिनिस रहेको छ ।
मिडियाटेक डाइमेन्सिटी ७३००–अल्ट्राको साथमा उत्कृष्ट प्रदर्शनः यस स्मार्टफोनमा ४ एनएम प्रोसेसमा आधारित मिडियाटेक डाइमेन्सिटी ७३००–अल्ट्रा चिपसेट रहेको छ । यो मोडल ८जीबी+२५६जीबी, र १२जीबी+५१२जीबी स्टोरेज कन्फिगरेसनमा उपलब्ध रहेको छ ।
२०० मेगापिक्सेलको एआई क्यामेरा प्रणालीः ओआईएस सहितको २०० मेगापिक्सेलको मुख्य क्यामराले जस्तोसुकै लाइटिङमा पनि उत्कृष्ट फोटो खिच्ने कम्पनीकाे भनाइ छ । याे फाेनमा ८ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामरा पाउन सकिनेछ । यसका साथै एआई ब्यूटिफाई, एआई इरेज प्रो र डुअल भिडियो फिचर दिइएकाे छ ।
दिगो ब्याट्री र टर्बो चार्जिङः ५११० एमएएच ब्याट्री र ४५ वाट टर्बो चार्जिङ फिचर सहितको यो स्मार्टफोनले लामो समयसम्म प्रयोग गर्न सकिने कम्पनीकाे दाबी छ ।
एआई विशेषताहरूः सर्कल टु सर्च, गुगल जेमिनी, एआई ब्यूटिफाइ, एआई इरेज प्रो सिक्स र एआई इमेज एक्सपान्सन ।
रेड्मी नोट १४ ५जीका मुख्य विशेषताहरूः
स्टाइलिस र टिकाउ डिजाइनः आइपी ६४ डस्ट र स्प्ल्याश रेजिस्टेन्स सुविधा रहेको रेड्मी नोट १४ ५जी ले दैनिक प्रयोगमा आउन सक्ने चुनौतीहरूलाई सजिलै सामना गर्न सक्ने कम्पनीले बताएको छ । कोर्निङ गोरिल्ला ग्लास ५ प्रयोग भएको यो मोडल मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिन रंगमा उपलब्ध रहेको छ ।
उत्कृष्ट प्रोसेसरः मिडियाटेक डाइमेन्सिटी ७०२५–अल्ट्रा चिपसेट रहेको यस स्मार्टफोन मल्टिटास्किङ, गेमिङ र एपहरू प्रयोग गर्न सहज हुने कम्पनीले जनाएकाे छ । ८जीबी+२५६जीबी र १२जीबी+५१२जीबी कन्फिगरेसनमा उपलब्ध रहेको यो मोडेलमा ५११० एमएएचको ब्याट्री र ४५ वाटको टर्बो चार्जिङको सुविधा रहेको छ ।
१०८ मेगापिक्सेलको एआई क्यामराः ओआईएस सहितको १०८ मेगापिक्सेलको मुख्य क्यामरा रहेकाे याे फाेनमा ८ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामरा दिइएकाे छ ।
एआई विशेषताहरूः यस फाेनमा गुगल जेमिनी थ्रि, एआई इरेज, एआई स्काई र एआई ब्यूटिफाइ लगायतका सुविधाहरू छन् ।
रेड्मी नोट १४का मुख्य विशेषताहरूः
स्टाइलिस डिजाइनः मिडनाइट ब्ल्याक, मिस्ट पर्पल, ओसन ब्लू र लाइम ग्रिन रंगमा उपलब्ध रहेको रेड्मी नोट १४ मा आकर्षक र एर्गोनोमिक डिजाइन रहेको छ । ८.१६ मिलिमिटर मोटाइ र १९६.५ ग्राम तौलले यो मोडल हातमा चलाउन निकै सहज हुने कम्पनीले दाबी गरेकाे छ ।
मिडियाटेक हेलियो जी ९९–अल्ट्रा प्रोसेसरः ६ एनएम प्रोसेसरमा आधारित मिडियाटेक हेलियो जी९९–अल्ट्रा चिपसेटले रेड्मी नोट १४ मल्टिटास्किङ र गेमिङका लागि उत्कृष्ट रहेको कम्पनीको दाबी छ । यो मोडल ६जीबी +१२८ जीबी र ८जीबी+२५६जीबी स्टोरेज कन्फिगरेसनमा उपलब्ध रहेको छ ।
१०८ मेगापिक्सेलको एआई क्यामरा प्रणालीः १०८ मेगापिक्सेलको मुख्य क्यामराको साथमा २ मेगापिक्सेलको डेप्थ र २ मेगापिक्सेलको म्याक्रो क्यामरा रहेको याे फाेनमा २० मेगापिक्सेलको फ्रन्ट क्यामरा पाउन सकिनेछ।
५५०० एमएएच ब्याट्री र ३३ वाट टर्बो चार्जिङः ५५०० एमएएचको ब्याट्री र ३३ वाटको टर्बो चार्जिङ सुविधासहितको रेड्मी नोट १४ लामो समयसम्म चलाउन सकिन्छ भने यो चार्ज पनि छिटो हुन्छ ।
एआई विशेषताहरूः गुगल जेमिनी थ्रि, एआई इरेज, एआई स्काई र एआई ब्यूटिफाइ लगायतका सुविधा याे फाेनमा पाउन सकिन्छ ।
कति रहेकाे छ मूल्य ?
रेड्मी नोट १४ मिडनाइट ब्ल्याक, मिस्ट पर्पल, ओसन ब्लू र लाइम ग्रिन रङमा ल्याइएकाे छ । यसकाे ६/१२८ जीबीकाे मूल्य २४ हजार ९९९ रूपैयाँ र ८/२५६ जीबीकाे २७ हजार ९९९ रूपैयाँमा पर्दछ ।
यसैगरी, रेड्मी नोट १४ ५जी मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिनमा उपलब्ध छ । याे फाेन ८/२५६ जीबीकाे ३० हजार ९९९ रूपैयाँ र १२/५१२ जीबीकाे ३५ हजार ९९९ रूपैयाँ पर्ने कम्पनील जनाएकाे छ ।
बजारमा रेड्मी नोट १४ प्रो ५जी ३९ हजार ९९९ रूपैयाँ (८/२५६ जीबी) र ४४ हजार ९९९ रूपैयाँ (१२÷५१२ जीबी)मा पाउन सकिने कम्पनीले बताएकाे छ । याे फाेन मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल, र कोरल ग्रिनमा उपलबध रहेकाे छ ।
साथै, रेड्मी नोट १४ प्रो+ ५जी ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लू, र मिडनाइट ब्ल्याकमा बजारमा ल्याइएकाे छ । यसकाे मूल्य नेपाली बजारमा ४९ हजार ९९९ रूपैयाँ (८/२५६ जीबी), र ५४ हजार ९९९ (१२/५१२ जीबी) रूपैयाँ पर्दछ ।