काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले वार्षिक साधारणसभाबाट पारित गरेको १४ दशमलव २५ प्रतिशत बोनश शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको जनाएको छ ।
कम्पनीको मंसिर ७ गते सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट १४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर तिर्न शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
कम्पनीले कात्तिक २१ गतेसम्म शेयर डिम्याट गराएका शेयरधनीको हितग्राही खातामा बोनस शेयर खातामा जम्मा गरेको हो ।
अहिलेसम्म पनि डिम्याट नगरेकाहरूले खातामा बोनस शेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ ।
कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड छ ।