IME Life
GBIME

नेशनल लाइफ धरान शाखाको आयोजनामा अभिकर्ताको क्षमता बृद्धिका लागि लिखित प्रतियोगिता

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सुनसरीस्थित धरान शाखाले अभिकर्ताहरुको क्षमता अभिबृद्धिका लागि आन्तरिक प्रतिस्पर्धा गराएको छ । बीमासम्बन्धी विषयगत र व्यवहारिक ज्ञान बढाउन लिखित रुपमा प्रतियोगिता आयोजना गरेको हो ।

कम्पनीका कोशी प्रदेश प्रमुख नरेन्द्रकुमार राईको उपस्थिती रहेको अभिमुखीकरणसहितको कार्यक्रममा सहभागी अभीकर्ताहरुलाई बिभिन्न समूहमा बिभाजन गरी आन्तरिक प्रतिस्पर्धा गराइएको थियो । जसअनुसार कन्चनजंघा समूहका हिमचन्द्र कटुवाल, पुष्पलता राई, रामकुमारी राई (गुरुङ), प्रीतमाया राई, शोहील श्रेष्ठ प्रथम स्थानमा रहन सफल भएका थिए । उपविजेता गौरीशंकर समूहबाट खेमराज श्रेष्ठ, गोपाल शंकर, अस्मिता गुरागाईं, कुशल रिजाल र बिमला बस्नेतले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए ।

Crest

आन्तरिक प्रयोगितामा सहभागी विजेताहरुलाई नगद, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको शाखा प्रमुख प्रेमकुमार राईले जानकारी दिए । त्यस्तै शाखाअन्तर्गत केही अभिकर्ताहरुलाई उत्कृष्ट विजनेशबापत सम्मानित समेत भएका थिए । अभिकर्ताहरुलाई व्यवसायिक सक्रियताका लागि उर्जा बढाउन फरक तरिकाले आन्तरिक प्रतिस्पर्धाको अभ्यास थालिएको शाखा प्रमुख राईको भनाई छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS