काठमाडौं । सिटिजन लाइफ इनस्योरेन्सले पुस १० गते मालारानी गाँउपालिका वडा ०६ रतनमारेमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। यस कार्यक्रममा मालारानी गाँउपालीकाका सम्पूर्ण पदाधिकारीहरु, प्रत्येक वार्डका वडा अध्यक्षहरु , अन्य जनप्रतिनिधिहरु विभिन्न कार्यालयका कार्यालय प्रमुख विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु शिक्षक शिक्षिकाहरु लगायत ७ सय भन्दा बढी व्यक्तिहरु उपस्थिती थियो ।
भविष्यमा आइपर्ने आर्थिक जोखिमलाई न्यूनिकरण गर्न र जिवनमा आइपर्ने ठूला ठूला जोखिमहरु बाट बच्न र बचाउन जीवन बीमा अनिवार्य रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।
प्रमुख अतिथी मालारानी गाउपालीका अध्यक्ष दलबहादुर भट्टराईले सिटिजन लाइफ इन्सोरेन्सले आफ्नो गाँउपालीका क्षेत्रभित्र यस्तो अती महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा कम्पनीका अर्घाखाँची शाखा प्रमुख नारायण जिसीले उपस्थिति सम्पूर्ण लाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पुन यस्ता कार्यक्रमहरु गर्दै जाने जानकारी दिए ।