IME Life
GBIME

युनाइटेड अजोड इन्स्योरेन्सको ४ लाख बढी कित्ता शेयर बिक्रीमा, मूल्य कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको ४ लाख बढी कित्ता शेय बिक्रीमा राखिएको छ।

युनाइटेड अजोड इन्स्योरेन्सको कुल ४ लाख ७ हजार १८२ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। जसमा संस्थापक शेयरधनीहरु आईजे ग्रुपको नाममा रहेको ३ लाख ७४ हजार ४५ कित्ता र राधेश्याम अग्रवालको नाममा रहेको ३३ हजार १३७ कित्ता रहेका छन्।

Crest

आईजेड ग्रुपले बिक्रीमा राखेको युनाइटेड अजोडको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२५ रुपैयाँ र अग्रवालले बिक्रीमा राखेको शेयरको प्रतिकित्ता २७५ रुपैयाँ तोकिएको छ। यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद निवेदन दिन सक्नेछन्।

शेयर खरिद निवेदन पेस गर्न ३५ दिनको समय दिइएको छ। इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा रहेको कम्पनीको प्रधान कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS