काठमाडौं । शेयर बजारमा मंगलबार झिनो अंकको सुधार आएको छ। नेप्से परिसूचक २.९५ अंकले बढेर २६३३.८७ को विन्दुमा बन्द भएको हो।
सामान्य बढेको बजारमा आज ८ उपसमूह उकालो लागेका छन् ५ वटा ओरालो लागेका छन्। यो दिन वित्त समूह सर्वाधिक ०.८७ प्रतिशतले बढेको छ भने विकास बैंक समूह सर्वाधिक ०.६५ प्रतिशतले घटेको छ।
आज बजारमा ११७ कम्पनीको शेयरभाउ बढ्दा १७७ कम्पनीकै शेयरभाउ घटेको छ। यो दिन १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज बजारमा ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार जानकी फाइनान्सको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- जानकी फाइनान्सः २२ करोड २४ लाख रुपैयाँ
- नेपाल फाइनान्सः १५ करोड ८ लाख रुपैयाँ
- रिभर फल्स पावरः १२ करोड ४५ लाख रुपैयाँ
- बेस्ट फाइनान्सः १० करोड ४ लाख रुपैयाँ
- दोल्ती पावरः ९ करोड ५७ लाख रुपैयाँ
- नारायणी डेभलपमेन्ट बैंकः ९ करोड २२ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ८ करोड ९५ लाख रुपैयाँ
- माउन्टे इनर्जीः ७ करोड ५४ लाख रुपैयाँ
- खानीखोला हाइड्रोपावरः ६ करोड ८१ लाख रुपैयाँ
- हिमालयन पावर पार्टनरः ६ करोड ६० लाख रुपैयाँ