काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २ दशमलव ९५ प्रतिशतले बढेर २,६३३ को विन्दुमा कायम भएको छ । आज ११७ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जानकी फाइनान्सका लगानीकर्ताले ९ दशलमव ८५ प्रतिशतका दरले कमाएका छन् । दोल्ती पावरका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।