काठमाडौं । आज शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५१ दशलमव ३७ अंकले घटेर २,६३० को विन्दुमा कायम भएको छ । आज १५ कम्पनीको मूल्य बढेको छ भने २२७ कम्पनीको मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै केथेली बुखरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जोशी हाइड्रोका लगानीकर्ताले ८ दशलमव ७० प्रतिशतका दरले कमाएका हुन् । कुमारी सबल योजनाका इकाईधनीले ५ प्रतिशतका दरले कमाएका छन् ।