काठमाडौं । बिहिबार नेप्से परिसूचक २६८२.२९ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ३३.४२ अंकले घटेको छ।
६ अर्ब १४ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ३४ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।
यस दिन ब्रोकर नम्बर ३४ बाट ६५ करोड ७० लाखको कारोबार भएको छ जसमा ३२ करोड १७ लाखको खरीद छ भने ३३ करोड ५२ लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ५८ बाट ३१ करोड ६६ लाखको खरीद छ भने ३० करोड ९२ लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ले विक्री धेरै गरेका छन् ।