काठमाडौं । शेयर बजार बुधबार उकालो लागेको छ। आज नेप्से परिसूचक ४५.८८ अंकले बढेर २७१५.७१ को विन्दुमा बन्द भएको हो।
बजार उच्च अंकले बढ्दा कारोबार पनि बढेको छ। आज ५ अर्ब ५ करोड रुपैयाँ बढीको कारोबार भएको छ।
यो दिन नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेका छन् भने एउटा घटेको छ। आज बैंकिङ सेक्टर सर्वाधिक ३.४३ प्रतिशतले बढेको छ भने म्युचुअल फन्ड समूह ०.३४ प्रतिशतले घटेको छ।
बजारमा आज २११ कम्पनीको शेयरभाउ बढेको छ भने २९ वटाको घटेको छ। यो दिन ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
न्यादी हाइड्रोपावर र कुथेली बुखरी स्मल हाइड्रोपावरमा करिब १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको छ। नारायणी डेभलपमेन्ट बैंकको शेयरभाउ पनि करिब ९ प्रतिशतले बढेको छ।