IME Life
GBIME

सरकारले सुरु गर्यो ‘हेल्लो स्वास्थ्य’, अब यी तरिकाले पठाउन सकिन्छ गुनासा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सरकारले ‘हेल्लो स्वास्थ्य’ सुरुआत गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका स्वास्थ्य संस्थाको सेवा सम्बन्धमा गुनासो सम्बोधन गर्न हेल्लो स्वास्थ्य सुरुआत गरिएको छ।

यसका लागि निःशुल्क कल सेन्टर १११५ मा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म फोन गरेर सर्वसाधारणंले आफ्ना गुनासा पठाउन तथा स्वास्थ्य सेवाबारे जानकारी लिन सक्नेछन्।

Crest

यसैगरी ह्वाट्सएप र भाइबर नम्बरः ९८५१३३०५९२, मन्त्रालयको फेसबुक तथा एक्स (ट्विटर): M@mohpnep, ई–मेल [email protected] साथै सोझै मन्त्रालयमा वा हुलाकमार्फत मन्त्रालयमा आफ्नो गुनासो पठाउन सकिने व्यवस्था मन्त्रालयले गरेको छ। ‘हामी तपाइँंका गुनासो सम्बोधन गर्नेछौंँ’, मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ।

स्वास्थ्य सेवालाई अझ पारदर्शी र नागरिकप्रति उत्तरदायी बनाउने प्रयासमा सर्वसाधारणबाट रचनात्मक प्रतिक्रिया अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS