काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा ४५.९३ अंकले घटेको छ। योसँगै नेप्से परिसूचक २६८९ को विन्दुमा झरेको छ।
बजार घट्दा नेप्से उपसमूहमा रहेका सबै समूहमा गिरावट आएको छ। जीवन बीमा समूहमा सर्वाधिक ३.०७ प्रतिशतको गिरावट आएको छ।
आज बजारमा २७ कम्पनीको मात्रै शेयरभाउ बढेको छ भने २१४ कम्पनीको शेयरभाउ ओरालो लागेको छ। यो दिन ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज बजारमा ७ अर्ब ४६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। उच्च कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- एनआरएन इन्फ्रास्ट्रक्चरः ३२ करोड ६४ लाख रुपैयाँ
- रिभर फल्स पावरः १५ करोड ६८ लाख रुपैयाँ
- खानीखोला हाइड्रोपावरः १३ करोड ७८ लाख रुपैयाँ
- बेस्ट फाइनान्सः १२ करोड ९९ लाख रुपैयाँ
- रसुवागढी हाइड्रोपावरः १२ करोड ८५ लाख रुपैयाँ
- एक्सेल डेभलपमेन्ट बैंकः १२ करोड ५० लाख रुपैयाँ
- मितेरी डेभलपमेन्ट बैंकः १२ करोड ३ लाख रुपैयाँ
- सप्तकोशी डेभलपमेन्ट बैंकः ११ करोड ९४ लाख रुपैयाँ
- मोलुङ हाइड्रोपावरः ११ करोड ७७ लाख रुपैयाँ