IME Life
GBIME

को हुन् ती केन्याली युवा जसले गौतम अडानीको ३ खर्बको डिल रद्द गराइदिए ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । केन्या सरकार र भारतीय व्यापारी गौतम अडानीको अडानी समूहबीचको कथित गोप्य सम्झौताको पर्दाफास गर्ने नागरिक अभियन्ता नेल्सन अमेन्या सामाजिक सञ्जालमा चर्चित व्यक्तित्व बनेका छन्। केन्याको जोमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थल (जेकेआईए) अडानी एयरपोर्ट होल्डिङ्स लिमिटेडलाई भाडामा दिने विवादास्पद योजनाको बारेमा अमेन्याले खुलासा गरेका थिए।

अमेन्याको खुलासाले यस वर्षको सुरुमा राष्ट्रिय आक्रोश पैदा गर्यो। उनको कार्यले अर्बौं डलरको सम्झौतालाई रोकेको मात्र होइन पारदर्शीता, सुशासन र जबाफदेहीतामा पनि महत्वपूर्ण छलफल पुनः सुरु गर्यो।

Crest

अहिले अडानी समूहका अध्यक्ष गौतम अडानीले संयुक्त राज्य अमेरिकामा सौर्य ऊर्जा सम्झौतामा भ्रष्टाचार र धोखाधडीको आरोपको सामना गरिरहेका छन्। केन्यासँग भएको गोप्य व्यापारिक सम्झौताका बारेमा अमेन्याका चेतावनीहरुको अमेरिकामा दायर भएको भ्रष्टाचारको मुद्दाले पुष्टि गरेको देखिन्छ। उनको साहस र देशभक्तिका लागि उनलाई केन्याली नागरिकले राष्ट्रिय नायकका रुपमा प्रशंसा गरिरहेका छन्।

अमेनियाको शिक्षा

२६ वर्षीय नेल्सन अमेन्या हाल एचईसी पेरिस, फ्रान्समा मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) अध्ययनरत छन्। उनले यसअघि सन् २०१३ देखि २०१७ सम्म मोई विश्वविद्यालयबाट सञ्चार र मिडिया अध्ययनमा विशेषज्ञता हासिल गर्दै ग्राफिक कम्युनिकेसन र विज्ञापनमा स्नातक गरेका थिए।

अमेन्याले न्यारी ब्याप्टिस्ट उच्च मावि अध्ययन गर्नुअघि मुथाइगा प्राथमिक विद्यालयमा पढेका थिए। जहाँ उनले सन् २००८ देखि २०११ सम्म आफ्नो उच्च मावि तहको शिक्षा पूरा गरे।

हाल अमेन्या लन्डन क्षेत्रको मेगी हेल्थमा ग्रीष्मकालीन इन्टर्नका रुपमा सेवा गर्दछन्। जहाँ उनी जुन २०२४ देखि संलग्न छन्। उनले मे २०२३ देखि पूर्वी अफ्रिका, दक्षिणी अफ्रिका र सहेल क्षेत्रहरुमा कार्बन अफसेट परियोजनाहरु विकास गर्न समर्पित, नैरोबी काउन्टी, केन्यामा रहेको जलवायु वित्त कम्पनी अफ्रिनेट कार्बनको सह–स्थापना गरेका थिए।

नेल्सन अमेन्याले नैरोबीको माजिद अल फुट्टैममा काम गरे। जहाँ उनले मे २०२० देखि अगस्त २०२३ सम्म केन्या मुख्य कार्यालयमा क्रिएटिभ म्यानेजरका रुपमा सेवा गरे। उनलाई केन्या र युगान्डाका लागि ब्रान्डिङ÷डेकोरेसन विभागको व्यवस्थापन गर्ने जिम्मा दिइएको थियो।

विश्वभरबाट प्रशंसा

एक्स (साबी ट्विटर) मा केन्यालीहरुले अमेन्याको एक्स खातालाई कृतज्ञता र प्रशंसाका सन्देशहरुले भरिदिएका छन्। प्रयोगकर्ताहरुले उनलाई सम्झौताको पर्दाफास गर्न र केन्याको रणनीतिक सम्पत्तिहरु सुरक्षित रहन सुनिश्चित गर्न उनको साहसका लागि ‘नचिनिएको नायक’ को संज्ञा दिएका छन्।

सामाजिक सञ्जाल प्लेटफर्ममा प्रयोगकर्ताहरुले केन्याको सार्वभौमसत्ता र आर्थिक हितको रक्षा गर्नका लागि उनको प्रयासलाई भरपूर प्रशंसा गरेका छन्। प्रयोगकर्ताहरुले पनि उनको साहसको उत्सव मनाए र उनलाई राष्ट्रिय नायक भने। २ अर्ब अमेरिकी डलरको विमानस्थल सम्झौता र अडानी समूहसँग सम्बन्धित अन्य ठेक्का रद्द हुनुलाई नागरिक सक्रियताको विजयका रुपमा मनाइँदैछ। धेरै प्रयोगकर्ताले कथित भ्रष्टाचारको पर्दाफास गर्न र सम्बद्ध सरकारी अधिकारीहरुलाई कारबाही गर्न दबाब दिएकोमा अमेन्या र सामाजिक सञ्जाल मञ्चलाई श्रेय दिएका छन्।
एक प्रयोगकर्ताले ट्विट गरे, ‘नेल्सन अमेन्या फूलको हकदार छन् ! उनले एक्लै जेकेआईएलाई अडानी र रुटोको गोप्य सम्झौताबाट बचाए।’ अर्कोले टिप्पणी गरे, ‘उनले धेरै केन्याई एजेन्सीहरुको काम एक्लैले गरिदिएका छन्। उनी एक ऐतिहासिक व्यक्तित्वका रुपमा चिनिनेछन्।’
एक प्रयोगकर्ताले टिप्पणी गरेका छन्, ‘यो केन्याका लागि जित हो र जबाफदेहीताको माग गर्ने आम नागरिकको शक्तिको सम्झना हो।’

केही प्रयोगकर्ताले सुझाव दिएका छन् कि अमेन्याको प्रयास राष्ट्रिय सम्मानको योग्य छ। एकले उनको सम्मानमा विमानस्थललाई ‘नेल्सन अमेन्या अन्तर्राष्ट्रिय विमानस्थल’ नामकरण गर्ने प्रस्ताव राखेको छ।

अत्याधिक समर्थनलाई स्वीकार गर्दै अमेन्याले ट्विट गरेका छन्, ‘म प्रत्यक्ष सन्देशको बाढी र केन्याली, भारतीय र विश्वभरका माया र समर्थनका ट्विटहरुबाट ब्युँझिएको छु। धन्यवाद साथीहरु ! हामी भ्रष्टाचारविरुद्ध उभिनै पर्छ र देशका लागि लड्नुपर्छ।’

आफ्नो नयाँ प्रसिद्धिको बाबजुद अमेन्या पारदर्शीताका लागि आफ्नो मिसनमा दृढ रहँदै भन्छन्, ‘म मेरो देशभक्तिद्वारा प्रायोजित छु। मलाई मेरो देशका लागि लड्न एक सुकै चाहिँदैन।’

जुलाई २०२४ मा अमेन्याले केन्या सरकार र अडानी एयरपोर्ट होल्डिङ्सबीच गोप्य वार्ता भएको खुलासा गरेका थिए। यो सम्झौताले जोमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थल (जेकेआईए) अडानीलाई ३० वर्षका लागि भाडामा दिन खोजेको थियो।

अडानी समूहले सुविधा विमानस्थलको पुनर्निर्माण र स्तरवृद्धि गर्न १.८५ अर्ब डलर लगानीको प्रस्ताव गरेको थियो। तर, आलोचकहरुले तर्क गरे कि यो रकम एयरपोर्टको रणनीतिक महत्त्वलाई अवमूल्यन गर्दछ। किनकि यसको राजश्व केन्याको कुल गार्हस्थ उत्पादनमा ५ प्रतिशत योगदान गर्छ। प्रतिस्पर्धात्मक बोलपत्र आह्वान नगरी गोप्य रुपमा सम्पन्न भएको सम्झौतामा पारदर्शीताको अभावमा पनि चिन्ता व्यक्त भएको थियो। विमानस्थलका कामदारले एक महिनासम्म आन्दोलनसमेत गरेका थिए।

नेल्सन अमेन्याको पर्दाफासले सार्वजनिक आक्रोश पैदा गर्यो। जसका कारण एयरपोर्ट कर्मचारी हड्ताल र संसदीय छानबिन भयो। एक हप्ताअघि भूमिकामा नवनियुक्त वित्तमन्त्री जोन एम्बाडीले मार्चमा १ दिनभन्दा कम समयमा केन्याको उड्डयन प्राधिकरणले अडानीको प्रस्तावलाई स्वीकृत गरेको थाहा पाएपछि आफ्नो आश्चर्य प्रकट गरे। जब कि प्राधिकरणले गोप्यताको आरोपलाई सम्बोधन गर्न बाँकी छ। यसले सुनिश्चित गरेको छ कि सम्झौताले उचित प्रक्रिया सुनिश्चित गर्नका लागि पूर्ण प्राविधिक, वित्तीय र कानुनी समीक्षाहरु पार गर्नेछ।

केन्याका राष्ट्रपति विलियम रुटोले नोभेम्बर २१ मा अडानी समूहसँगको झन्डै २ अर्ब डलरको एयरपोर्ट सम्झौता र ७३ करोड ६० लाख डलरको ऊर्जा साझेदारीलाई अमेरिकाले सौर्य ऊर्जाको ठेक्का लिएका अध्यक्ष गौतम अडानीविरुद्ध ठगीको आरोप लगाएपछि रद्दको घोषणा गरेका छन्। सम्झौताहरु जेकेआईए स्तरवृद्धि र बिजुली प्रसारण लाइनहरु निर्माण गर्न समावेश थिए। गत अक्टोबरमा अदालतले पहिले नै निलम्बन गरेको थियो। –द केन्या टाइम्स

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS