IME Life
GBIME

हिमालय सेक्युरिटिज बैंकरको प्रथम वार्षिक साधारणसभा सम्पन्न

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको प्रथम वार्षिक साधारणसभा कम्पनीको रजिष्ट्रर कार्यालय, नयाँ बानेश्वर, काठमाडौंमा सम्पन्न भएको छ । सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष दीपक कुमार श्रेष्ठको सभापतित्व सम्पन्न भएको हो ।

साधारण सभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आ.व. २०८०/८१ को वित्तिय लेखापरिक्षण प्रतिवेदन, सञ्चालकहरुको नियुक्ती तथा प्रबन्धपत्र र नियमावलीमा संशोधनहरु निर्णयसहित पारित भएका छन् । कम्पनीको अध्यक्ष पदमा दीपक कुमार श्रेष्ठ, संचालक तर्फ सिताराम वाग्ले र आकांक्षा गुप्ताको पुनःनियुक्ती भएको छ भने थप स्वतन्त्र संचालकतर्फ बद्री सिग्देल तथा दिनेश कुमार लालको पनि नियुक्ती भएको छ ।

Crest

कम्पनीले मुख्यगरी धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा प्रवाह गर्दै आएकोमा आगामी वर्ष कम्पनीले धितोपत्र व्यवसायसंग सम्बन्धित सम्पूर्ण सेवाहरु प्रदान गर्दै अग्रणी संस्था बन्ने लक्ष्य तथा योजना कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठले बताए । कम्पनीले आगामी दिनमा पूँजी बजारको विकासमा टेवा पुग्ने गरी कार्य गर्ने कुरामा विश्वस्तता व्यक्त गरे ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS