काठमाडौं । मंसिर ४ गते मंगलबार नेप्से परिसूचक २७०२.६५ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ५१.११ अंकले घटेको छ।
१० अर्ब ४६ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।
ब्रोकर नम्बर ५८ बाट १ अर्ब १८ करोड ४५ लाखको कारोबार भएको छ जसमा ५३ करोड ४७ लाखको खरीद छ भने ६४ करोड ९७ लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ३४ बाट ३८ करोड ७१ लाखको खरीद छ भने ४४ करोड ४६ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये १ ब्रोकरबाट खरिद धेरै भएको छ भने ४ले विक्री धेरै गरेका छन्।