काठमाडौं । अमेरिकी सूचना प्रविधि कम्पनी एप्पलको सर्वाधिक रूचाइएको उत्पादन, आईफोन मोबाइल सेटहरू दैनिक जीवनमा प्रयोग हुने सञ्चार उपकरणका रूपमा मात्र सीमित नभएर व्यक्तिको आर्थिक हैसियतको प्रतीक पनि बनेको छ।
वार्षिक १,४५६ अमेरिकी डलर(करिब २ लाख रूपैयाँ) प्रति व्यक्ति आय भएको नेपाली बजारमा पनि एउटैको मूल्य १ लाख रूपैयाँभन्दा महँगो पर्ने आईफोनका प्रयोगकर्ता उल्लेख्य संख्यामा छन्। आईफोनका लागि सामाजिक सञ्जालमा नेपाली उपभोक्ताको आशक्तिकै कारण हुनसक्छ, ह्याकर, स्क्यामर लगायतका साइबर ठगहरूले यहाँका उपभोक्तालाई सहजै शिकार बनाउन थालेका छन् ।
नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले प्रकाशन साइबर इनाबल्ड फ्रड(इन्टरनेट आधारित ठगी) सम्बन्धि प्रतिवेदनका अनुसार यस्ता ठगीका घटनामध्ये १५ प्रतिशत ठगी आईफोन मोबाइल मोबाइल फोनको लोभमा परेर भएका छन् ।
प्रतिवेदनका अनुसार “तपाईले आईफोन जित्नुभयो” भन्दै आईफोन मोबाइलका नविनत्तम मोडल उपहारको लोभ देखाउँदै कुरियर र भन्सार महशुलका लागि भन्दै साइबर ठगहरूले सामाजिक सञ्जालमा व्यक्तिगतरूपमा सूचना, लिंक, श्रव्य, श्रव्यदृश्य पठाउँछन् । यस्ता केही सन्देशहरू एशियाको व्यापारिक हब दुबई, सिंगापुरस्थित आईफोन मोबाइलका खुद्रा बिक्रेताको आवरणमा प्राप्त हुन्छ। यस्ता अधिकांश सन्देशहरू आईफोन मोबाइल सेटका लागि भाग्यशाली उपहार जितेको झूठो विवरण समावेश गरिएका हुन्छन् वा प्रतियोगितामा भाग लिन आमन्त्रण गरिएका हुन्छन् । लक्षित व्यक्तिलाई विश्वासमा लिनका लागि टिकटक लगायत अन्य सामाजिक सञ्जालमा निःशुल्क उपहार बाँडेको भिडियो क्लिप(श्रव्यदृश्य)हरू छ्यापछ्याप्ती प्रशारण गरिएका हुन्छन् ।
साइबर ब्यूरोमा अधिकांश उजुरी साइबर ठगीकाः
नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोमा पछिल्लो समयमा अधिकांश उजुरीहरू इन्टरनेट आधारित ठगी सम्बन्धी नै भएको प्रतिवेदनमा उल्लेख छ। ब्यूरोमा दर्ता भएका उजुरी र सूचना अनुसार अनलाइन रोजगारी प्रदान गर्ने, भाषाको लागि आइएलटिएसजस्ता अनलाइन सिकाइ मञ्च सिर्जना गर्ने योजना पनि समावेश गरिएका हुन्छन् ।
ठगले पीडितहरूलाई आश्वासन दिएर लोभ्याउँछन्,सजिलो विदेशी भिसा वा कामका अवसर,भाग्यशाली उपहार, आईफोन जस्ता उपहार, वा धनी व्यक्तिबाट आपुतालीको दाबीको शिकार त्यस्तो व्यक्तिलाइ बनाउँछन् जसको थर पीडितसँग मिल्दोजुल्दो छ।
यसैगरी स्क्यामरहरू डिजिटल वालेटबाट कर्मचारीको रूपमा प्रस्तुत हुन्छन् , बोनस वा उपहारहरू प्रदान गरेर पीडितलाई उनीहरूको ओटिपी उपलब्ध गराउन उक्साउँछन् । साथै,साइबर अपराधीहरूले मालवेयर वितरण गर्छन्, प्राय: ब्याच फाइलहरूको रूपमा, पीडितहरूको कम्प्युटर र ल्यापटपमा भएको महत्वपूर्ण तथ्यांकमा अनधिकृत पहुँचका लागि।
महान्यायाधिवक्ताको कार्यालयले जारी गरेको आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन अनुसार नेपालको सर्वोच्च अदालतमा कुल २९ ठगीसम्बन्धी मुद्दा दर्ता भएका छन्, जसमध्ये १ मुद्दामा दोषी ठहर भएको, र २ मुद्दामा प्रतिवादीले सफाइ पाएका छन्। यसबाहेक, ४९५ ठगी सम्बन्धी मुद्दाहरू उच्च अदालतमा मुद्दा चलेकामा १५३ मुद्दामा दोषी ठहर भएको र बाँकीमध्ये १६३ मुद्दामा सफाइ दिइएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयमा आर्थिक वर्ष २०७५/७६ मा ७ सय ८१ नयाँ दर्ता भएकोमा २२० वटामा ठगीसम्बन्धी मुद्दामा मुद्दा नचलाउने निर्णय भएको थियो ।यसबाहेक आर्थिक वर्ष २०७९।८० मा जिल्ला अदालतहरूमा कुल १ हजार ८ सय ९८ ठगीका मुद्दा परेका छन् । यी मुद्दाहरूमध्ये, ३ सय दोषी ठहरिएका छन्, ३ सयमा प्रतिवादीले सफाइ पाएका छन् । बाँकीमध्ये २२५ मुद्दा फिर्ता वा स्थगित गरिएको थियो।
महान्यायाधिवक्ताको कार्यालयका अनुसार आर्थिक वर्ष २०७९।८० मा कुल सात मुद्दामा साइबर आधारित ठगी सम्बन्धी मुद्दा चलाइएको थियो, जसमा दश प्रतिवादीहरू समावेश थिए। यी घटनामध्ये, एउटा परिणाममा तीनवटा मुद्दामा दोषी ठहर, आंशिक दाबी कायम रह्यो र एउटा मुद्दा आपसी समझदारीमा टुंगियो सम्झौता। यसबाहेक, एक मुद्दा फिर्ता अर्को र एक मुद्दा विचाराधीन छ।