IME Life
GBIME

नयाँ टीएमएसः एउटै विन्डोमा शेयर कारोबार गर्दा चाहिने सबै फिचरः राजन घिमिरे

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । लामो समयपछि नयाँ कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालनमा आइसकेको छ। हाल एउटामात्रै ब्रोकरमा नयाँ टीएमएस सञ्चालनमा आएको छ। सुरुआतमा ३३ वटा ब्रोकरले नयाँ टीएमएस सञ्चालन गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) अनुमति लिएका थिए। नेपाली शेयर बजारमा नयाँ टीएमएस भित्र्याउन सफल हुने कम्पनी हो डिजी हब। यो कम्पनीले श्रीलंकन कम्पनीले बनाएको टीएमएस नेपाली बजारमा सफलतापूर्वक सञ्चालनमा ल्याएको छ। नयाँ टीएमएस सफल डिजी हबका प्रोजेक्ट म्यानेजर राजन घिमिरेसँग टीएमएसको विशेषता र यसका फिचरहरुबारे इन्स्योरेन्स खबरले गरेको कुराकानीको सारसंक्षेपः

सर्वप्रथम त नयाँ ब्रोकर सफ्टवेयर (टीएमएस) लिएर आउन सफल हुनुभएकोमा  बधाई  छ।

Crest

धन्यवाद।

कस्तो सफ्टवेयर हो ? नेप्सेले दिने ब्रोकर सफ्टवेयर र यसमा के–के भिन्नता छ ?

फरक छ। नेप्सेले पहिले म्याचिङ इन्जिन ल्यायो। ग्राहकले शेयर खरिदबिक्रीका लागि अर्डर गर्नुपरेमा ब्रोकरलाई फोन गरेर वा अर्डर फर्म भर्नुपर्थ्यो। त्यसपछि ब्रोकरका प्रतिनिधिहरुले अर्डर प्लेस गरिदिनपर्थ्यो। त्यसको रिप्लेसमेन्ट नट्स भन्ने आयो। त्यसले यस्तो म्याचिङ ल्यायो कि ग्राहकले अनलाइनबाटै अर्डर गर्न मिल्ने भयो। त्यसबेला चाहिँ ब्रोकर आफ्नै टीएमएस ल्याउन सक्ने भन्ने सिनारियो क्रिएट भएको हो। जुन साधारण इन्टरफेस थियो। जहाँ हामी शेयर खरिदबिक्रीलाई अर्डर प्लेस गर्न सक्छौँ। त्यस बेला त्यो ठीकै थियो। तर, आजको दिनमा ग्राहकको प्रविधिप्रतिको चासो र माग बढ्दै गइरहेको छ। आजको दिनमा पनि नेप्सेको टीएमएममा स्टक मार्केटसम्बनधी कतिपय सूचना र जानकारीहरु थर्ड पार्टीबाट एक्सिस गर्नुपर्छ। त्यसमा समीति कुराहरुमात्रै हेर्न पाइन्छ। त्यही कुरालाई सहज बनाउन र हामीले अन्तर्राष्ट्रिय बजारमा उपलब्ध फिचरहरुलाई समावेश गरेर नयाँ टीएमएस ल्याएका हौँ। यसले ग्राहकको चाहना पूरा गर्नेमा हामी विश्वस्त छौँ।

यो नयाँ टीएमएसमा नेप्सेको टीएमएस भन्दा थप अरु सुविधा के–के छन् ?

नेप्सेको टीएमएम अहिले वेब एपमा मात्र आधारित रहेको छ। हामीले ल्याएको टीएमएसमा मोबाइल एप्लिकेसनमा आधारित छ। आईओएस, ट्याबलेट सबै भर्जनमा चलाउन सकिन्छ। त्यो भन्दा एड्भान्स फिचरहरु लिंक डग गर्ने डेस्कटप एप्लिकेसन छ। अफलाइन ग्राहकको अर्डर प्लेसमेन्ट गर्न ब्रोकरका प्रतिनिधिले सहज प्रयोग गर्न सक्ने फिचरहरु यसमा दिइएको छ। त्यसैले फिचरको हिसाबले नयाँ टीएमएस एड्भान्स रहेको छ। यो टीएमएस श्रीलंकाको बजारमा १६–१७ वर्ष चलिरहेको छ।

सफ्टवेयरको स्ट्रक्चर के छ ? मोडुलहरु के–के छन् ?

म डेस्कटप चलाउँछु, वेब एप चलाउँछु वा मोबाइलबाट चलाउँछु भन्नुहुन्छ भने एउटा सिंगल लगइनमा चलाउन सकिन्छ। हामीले ल्याएको टीएमएममा कोल्याट्रलको इस्यु देखिँदैन। नेप्सेको टीएमएसमा मुख्य गरी कोल्याट्रलको इस्यु धेरै छ। आजको दिनमा नेप्सेको टीएमएसमा कोल्याट्रल लोड गरेपछि तत्काल अकाउन्टिङ हुँदैछ। त्यसपछि ब्रोकरका प्रतिनिधिलाई फोन गर्नुपर्छ। तर, नयाँ टीएमएसमा त्यो समस्या आउँदैन। ग्राहकले कोल्याट्रल लोड गरेपछि सीधै अकाउन्टिङ हुन्छ। ब्रोकरलाई भनिराख्नुपर्दैन। कारोबार गर्दा पनि समस्या आउँदैन। आजको दिनमा मेरो परिवारको ५–६ जनाको शेयर कारोबार गर्नुपर्यो भने सिंगल लगइनबाट गर्न सकिन्छ। कारोबार गर्दा आउन सक्ने रिक्स पनि नयाँ टीएमएसले ग्राहक र ब्रोकरको पार्टमा न्यूनीकरण गर्छ। रियलटाइममै सेल गर्न पाइन्छ र सेटलमेन्ट हुन्छ। यसले ग्राहकको कोल्याट्रलमा ट्रयाक गर्छ। त्यसैले ब्रोकरलाई फोन गरेर कारोबार गर्नुपर्ने लामो प्रक्रियालाई नयाँ टीएमएसले छोट्याइदिन्छ।

नयाँ टीएमएसमा बैंकहरु पनि इन्ट्रिग्रेटेड भएका छन् ?

छ। नयाँ टीएमएसमा अहिले चलाइरहेको इसेवा, कनेक्ट आईपीएससँगै तपाइँले कार्डबाट पेमेन्ट गर्न सक्नुहुन्छ। वालेटबाट पेमेन्ट गर्न सक्नुहुन्छ। मोबाइल वा इन्टरनेट बैंकिङबाट पनि पेमेन्ट गर्न सक्नुहुन्छ। त्यसैले स्पेसिफिक गेटवे नै छैन। हामीले सबै इनेबल गराइदिएका छौँ, रेस्ट्रिक्सन केही पनि राखेका छैनौँ।

नयाँ टीएमएस श्रीलंकन कम्पनीले बनाएको हो क्यार। अहिले कतिवटा ब्रोकरले चलाइरहेका छन् ?

अहिले हामी ठ्याक्कै भन्नुपर्दा अक्टोबर ६ मा सेक्योर्ड सेक्युरिटिजमा हाम्रो टीएमएस फुलफेजमा लाइभ गर्यौ। त्यसपछि दसैँतिहारको बिदा सुरु भयो। अहिले चाहिँ थप १० वटा ब्रोकरले नेप्सेमा नयाँ टीएमएस चलाउन स्वीकृतिका लागि निवेदन दिइसकेका छन्। पहिला नै ३३ वटा ब्रोकरले नयाँ टीएमएस चलाउने भनेकै थिए। नयाँ टीएमएस चलाउन नेप्सेले स्वीकृतिसँगै कनेक्टिभिटी दिनुपर्छ।

नेप्सेको टीएमएसभन्दा नयाँ टीएमएस ब्रोकरले चलाउन महँगो पर्छ भन्ने सुनिन्छ नि ?

लागतअनुसार त्यस्तो छैन। दुई किसिमको लागत आउँछ। एउटा होस्टिङ र इन्फ्रास्ट्रक्चरको लागत भयो र अर्को भनेको एप्लिकेसनको लागत भयो। अहिले ब्रोकरहरुले चलाइरहेका टीएमएसको एप्लिकेसन लागत नेप्सेलाई २५ हजार रुपैयाँ तिर्नुपर्छ भन्ने छ। तर, दुईवटै पोटोलाई कम्पाइल गरेर हेर्नुभयो भने त्यति फरक छैन। अहिले नयाँ टीएमएसलाई तिर्नुभएको छ, त्यो त्यति महँगो पनि छैन।

यो टीएमएस श्रीलंकामा मात्रै प्रयोग भइरहेको छ कि अन्य देशमा पनि चलाइन्छ ?

यो श्रीलंकामा मात्रै प्रयोग भइरहेको छ। यो एमआईटीको टिम बनाएको टीएमएस हो। पछि लन्डन स्टक एक्सचेन्जले किन्यो। यूएस बेस्ट त्यो टिमले अहिले केन्यादेखि अरु देशमा पनि काम गरिरहेका छन्।

नयाँ टीएमएसमा प्राविधिक समस्याहरु देखिने गरेको सुनिन्छ ? त्यसलाई कसरी समाधान गर्नुहुन्छ ?

समस्या त त्यति धेरै देखिएको छैन। समाधान गर्दै अगाडि बढिरहेका छौँ। डिजी हबको प्रडक्ट नेप्सेसँग कनेक्ट गर्नुपर्यो। अहिले अर्किटेक्चरअनुसार सीडीएससीसँग पनि कनेक्ट गर्नुपर्छ। उहाँहरुले नयाँ एपीआईहरु रिलिज गर्नुपर्छ। उहाँहरुसँग समन्वय गर्दै समस्याहरु समाधान गर्दै गयौँ। हामी हाम्रो टीएमएसको इन्टरफेस प्रयोगकर्तालाई सहज ढंगले कारोबार गर्ने गरी विकास गरेका छौँ। एउटै विन्डोमा प्रयोगकर्ताले शेयर कारोबार गर्दा चाहिने सबै फिचर पाउँछन्। आफूसँग कति शेयर छ भने अर्को विन्डो खोलिराख्नुपर्दैन।

भनेपछि तपाइँहरुको टीएमएसले क्लोजआउटका घटना न्यूनीकरण गर्छ।

देखिँदैन चाहिँ भन्न मिल्दैन। तर, कम हुन्छ। शेयर बेचेपछि सेटलमेन्ट गर्ने काम सीडीएससीको हो। अन्तर्राष्ट्रिय प्राक्टिस पनि त्यस्तै छ। तर, अन्तर्राष्ट्रिय बजारमा सेटलमेन्टको डाटा लगानीकर्तालाई तत्काल पठाइन्छ। यहाँ त्यस्तो छैन। यो विषयमा हामीले धेरैपटक छलफल गरेका छौँ। त्यसैले क्लोजआउटका घटना न्यूनीकरण गर्न भने सकिन्छ।

नेप्सेको टीएमएस ल्याउने वाइको भयो। वाइकोले टीएमएसको दुरुपयोग गरेर प्रयोगकर्ताको डाटा चोर्ने गर्छ भन्ने पनि सुनिन्छ। तपाइँहरुको टीएमएस कति सुरक्षित ?

सतप्रतिशत सुरक्षित छ। डिजी हब भनेको एप्लिकेसन भेन्डर हो। लागतको कुरा त्यहाँ पनि आउँछ। लागत घटाउने कि लागतको तुलना सुरक्षा बढी लिने भन्ने हुन्छ। डिजी हबले सुरुमै ब्रोकरहरुलाई एप्लिकेसनमात्र उपलब्ध गराउने स्पष्ट पारेको थियो। सोही कारणले ब्रोकरहरुले डिजी हबलाई रोजेका हुन्। डाटा सर्भिस, म्यानेजजस्ता कुराहरु केही पनि गर्दैन। यसमा डाटा सेन्टरसँग ब्रोकरहरुको समन्वय हुन्छ। हामीले सफ्टवेयर थप उन्नत गर्न वा फिचर थप्ने काममात्रै गर्ने हो। त्यसैले टीएमएसमा को सम्पूर्ण गतिविधिको जिम्मेवारी ब्रोकरलाई जान्छ। तर, ब्रोकर वा ब्रोकरका प्राविधिकले पनि टीएमएस दुरुपयोग गर्न सक्दैनन्। त्यहाँ चेक एन्ड ब्यालेन्स छ। त्यसैले प्रयोगकर्ताको डाटा सुरक्षित गर्ने जिम्मेवारीमा हामी दुवै पक्ष प्रतिबद्ध छौँ।

नयाँ टीएमएस ल्याउन लामो समय लाग्यो। समस्या कहाँ भयो ?

दुइटा कुरा छ हाम्रोमा। एउटा डकुमेन्टेसन प्रपर नहुनु र अर्को म्याचिङ इन्जिन कनेक्टिभिटी गर्नुपर्ने। हामीलाई त्यसका लागि चाहिने डकुमेन्ट थिएन। जुन डकुमेन्ट पायो, ५–६ महिना काम गरिसकेपछि पुरानो रहेछ भनेर भन्यौँ। त्यसपछि उहाँहरुले अर्को डकुमेन्ट बनाएर दिनुभयो। दोस्रो कुरा भनेको जुन कुरा इन्टरनेसनल्ली अडप्टेड हुन्छ, ती कुराहरु अझै पनि हाम्रो म्याचिङ इन्जिनमा कम छ। त्यो किन भयो थाहा छैन। अनि बजारसँग सम्बन्धित निकायहरुसँग समन्वय पनि अलि कम भयो। यिनै कारणले नयाँ टीएमएस ल्याउन ढिला भयो।

तपाइँहरुको यो प्रणालीमा ब्रोकरहरुले पछि चाहे भने अर्को थर्ड पार्टी अर्डर म्यानेजमेन्ट सिस्टम पनि इन्ट्रिग्रेसन गर्न पाउँछन् कि के छ यसमा व्यवस्था ?

इन्ट्रिग्रेसन गर्न पाउँछन्। कति कुराहरु अहिले कम्प्लाइन्सहरुले दिँदैन भनिन्छ। बाहिरको प्राक्टिस हेर्ने हो भने टीएमएसहरुले अर्डर एक्जिक्युसनहरुको एपीआई नै ओपन गरिदिन्छ, जसलाई चाहियो त्यसैलाई। उनीहरुले के गर्न सक्छन् आफ्नो एल्बोरिदम लेखेर केही कुराहरु हाल्छ सक्छन् र त्यहाँ थर्ड पार्टी एप्लिकेसनमा गर्न सक्छन्। अब यी कुरा पछि हाम्रोमा खुला हुन्छ। सामान्यतया हामी बिहान ११ बजेदेखि ३ बजेसम्म बजार खुलेको बेलामा अर्डर प्लेसमेन्ट गर्छौं। हाम्रा टीएमएसमा कारोबार अर्डर सेट गर्न सकिन्छ। अर्डर बास्केटमा गयो। मेरो कुन–कुन कतिमा जाने योजना बनाएर सेट गर्न सकिन्छ। त्यसका लागि रियल टाइममा हेरेर बसिरहनु पर्दैन। अनि यति पैसामा आएपछि बेच्ने, स्टप लस गर्ने र नाफा बुक गर्ने संकेत पनि नयाँ टीएमएसमा आउँछ। यी कुरा थर्ड पार्टीबाट गर्नुपर्ने हो तर डिजी हबले नयाँ टीएमएसमा उपलब्ध गराएका छौँ। ब्रोकर र थर्ड पार्टीबीच सम्झौता भएर कुनै कुरा ल्याउनुपर्यो भने हामीले त्यो कुरा प्राविधिक रुपमा गरिदिन्छौँ।

नयाँ टीएमएस सञ्चालनमा ब्रोकर र डिजी हबको भूमिका कस्तो रहन्छ ?

एकपटक सबै प्रडक्ट भइसकेपछि डिजी हब फ्रन्टमा आउँदैन। अहिले उपलब्धबाहेक थप फिचर राख्छु भनेर ब्रोकरले भन्यो भने हामीले त्यस्ता फिचरहरु प्राविधिक रुपमा उपलब्ध गराउँदै जान्छौँ। डिजी हब जहिले पनि ब्याकग्राउन्डमा बसेर प्रविधिहरु विकास गर्दै जाने भयो। प्रडक्ट अनरका रुपमा चाहिँ ब्रोकरहरु अगाडि देखिने भए।

अहिलेको बजारमा आवश्यक पर्ने के–के फिचर यो टीएमएसमा पाइन्छ ?

अहिले मोबाइल एकदमै सहज भएको छ। त्यसैले यो टीएमएस मोबाइल एपबाट सजिलै खोल्न सकिन्छ। ट्रेडरहरुले ५–६ वटा स्क्रिप्ट रियलटाइममा सिंगल विन्डोमा मनिटर गर्न चाहन्छन् भने मल्टी विन्ड खुल्छ। अनि ‘लिंक एन्ड डक’ भन्ने फिचर छ। त्यो फिचर चलाउन सक्नुहुन्छ। हामी टीएमएसमा इन्ट्रिग्रेटेड चार्ट एनलासिस पनि उपलब्ध गराएका छौँ। त्यहाँ टेक्निकल चार्ट पनि एनलासिस गर्न सकिन्छ। थर्ड पार्टीतिर गइरहनुपरेन। रियल टाइममा नै हुने भयो। रियलटाइम मनिटर गरेर कारोबार गरिरहनुपर्दैन। आफूले चाहेको प्राइसमा अर्डर सेट गर्न सकिने फिचर पनि उपलब्ध छ। कोल्याट्रल म्यानुअल्ली गरिरहनुपरेन। अटोमेटिक हुन्छ। यसले ब्रोकरसँग कम्युनिकेसन गरिरहनुपरेन। कारोबारसम्बन्धी विवरण पनि टीएमएसमै उपलब्ध हुन्छ। ब्रोकरसँग मागिरहनुपर्दैन। यो टीएमएसमार्फत प्रयोगकर्ताले आफैँ सबै थोक गर्न सक्छन्, ब्रोकर भनिरहने वा ब्रोकरमा जानुपर्ने झन्झट हटाउँछ। यसले समयको बचत पनि गराएको छ। त्यो समयलाई हामी अरु योजना वा बजार रणनीति बनाउनतिर खर्च गर्न सक्ने हुन्छौँ।

एउटा ब्रोकरमा सञ्चालन आइसक्यो यो टीएमएस। त्यो ब्रोकरमा आउने लगानीकर्ता कुनै प्रतिक्रिया पाउनु भएको छ ?

पाएका छौँ। हाम्रो टिम नै गएको थियो, लगानीकर्ता अनुभव बुझ्न। उहाँहरुले राम्रै प्रतिक्रिया दिनुभयो। हामीले टीएमएस चलाउनेबारे जानकारी दिन युट्युबमा पनि भिडियो राखेका थियौँ। त्यहाँ पनि राम्रै प्रतिक्रिया आएका छन्। टीएमएसमा रहेका फिचरहरुले लगानीकर्ता खुसी छन्।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

टीएमएस ल्याउन लामो समय लाग्यो भनेर सुन्छौँ। तर, कागजी, कानुनी र प्राविधिक प्रक्रिया पूरा गर्न समय लागेको ल्याउन समय लागेको हो। तर, हामीले राम्रो एउटै मात्र लक्ष्य थियो, समय लागे पनि प्रयोगकर्ताले राम्रो प्रक्डट र अनुभव दिने हो। हामी त्यसैमा विश्वास गर्छौं।

लगानीकर्ताहरुले इन्ट्राडे कारोबार, छिटो सेलटलमेन्टको पाटोमा फिचर हुनुपर्यो भन्ने छ। त्यसलाई हामीले हाम्रो टीएमएसमा ल्याउन सक्छौँ। त्यसका लागि नियामकहरुले बाटो खोलिनुपर्छ। अर्को कुरा हामीले टीएमएसमा थप फिचर ल्याउने बाटोमा अगाडि बढेको छौँ। आगामी दिनमा हामी सरप्राइज दिँदै जान्छौँ। हामीले हाम्रा ग्राहकलाई थप प्राविधिक सुविधा दिँदैछौँ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS