IME Life
GBIME

आम्दानीमा उच्च गिरावट आउँदा सर्वोत्तम सिमेन्ट घाटामा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सर्वोत्तम सिमेन्टले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)को वित्तीय विवरण सार्वजनिक छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले २ करोड २५ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १७ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

Crest

समीक्षा अवधिमा कम्पनीले उत्पादन बिक्रीबाट १ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले उत्पादन बिक्रीबाट ६ अर्ब ३७ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको आम्दानी ७७.१६ प्रतिशतले घटेको छ।

कम्पनीको बिक्री खर्च १ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ भएको छ। अन्य आम्दानी ८८ लाख ४१ हजार रुपैयाँ रहेको छ।

चुक्तापुँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटीमा ४ अर्ब २३ करोड ५४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा ४ अर्ब २५ करोड ८० लाख रुपैयाँ थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १.९४ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १९८.३३ रुपैयाँ रहेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS