IME Life
GBIME

स्वावलम्बन लघुवित्तको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २३ औं वार्षिक साधारण सभा कार्तिक ३० गते शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङ्गको अध्यक्षतामा बसेको सभाले शेयरधनीलाई १४.२५ प्रतिशत बोनश र ०.७५ प्रतिशत नगद (बोनस शेयरको कर प्रयोजनको लागि) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले संस्थाको संचालक समितिमा रिक्त हुने सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना संचालकमा रविन कुमार श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । साथै, आ.व.२०८१/८२ को लेखापरीक्षण गर्नको लागि सुन्दर एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नुका साथै अन्य इजाजतपत्र प्राप्त “घ” वर्गका एक वा एक भन्दा बढि लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर/प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन संचालक समितिलाई अधिकार प्रत्यायोजना गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

Crest

साधारण सभाले आ.व. २०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ । वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा रु.३५ करोड ९७ लाख ८३ हजार ८ सय ५६ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

चालु आ.व.को असोज मसान्तसम्म ६१ जिल्लाका १४५ शाखा/उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालय मार्फत २ लाख ६१ हजार ७ सय ४५ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम रु.२१ अर्व ३१ करोड २१ लाख पुगेको छ भने सदस्यको बचत यस अवधिसम्ममा रु.१४ अर्व ३९ करोड १९ लाख रहेको छ ।

राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाका रुपमा कारोवार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न ग्रामीण तथा शहरी क्षेत्रमा सर्वसुलभ, गुणस्तरिय र ग्राहकमूखि सेवा विस्तारको योजना साथ अगाडि बढेको संस्थाको जारी तथा चुक्ता पूँजी रु.१ अर्ब ६५ करोड ६६ लाख २५ हजार कायम गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS