Siddhartha Bank
GBIME
IME Life

सिटिजन्स बैंकको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको १८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको डिल्लीबजारस्थित अमृतभोमा सम्पन्न भएको जनाइएको छ ।

सभाले आर्थिक वर्ष २०८०।८१ को वितरणयोग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमा ४ प्रतिशतले हुन आउने ५६ करोड ८० लाख ३८ हजार ९६०.२३ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २ करोड ९८ लाख ९६ हजार ७८७.३८ रुपैयाँबराबरको नगद लाभांश छन्।

SKYWELL
Crest

सिटिजन्स बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्न र गाभिने र प्राप्तिका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ । बैकको प्रबन्धपत्रमा संशोधन, बैंकको जारी पुँजी र चुक्तापुँजी वृद्धि गर्ने सम्बन्धमा र बैंकको शेयरको किसिम सम्बन्धमा प्रस्तावित व्यवस्थाहरु सभाले पारित गरेको छ ।

सभाले नियमावली संशोधनको प्रस्ताव अनुमोदन गर्नुका साथै अग्राधिकार शेयर जारी गर्नेसम्बन्धी विशेष प्रस्ताव स्वीकृति गरेको छ । सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS