IME Life
GBIME

प्रथम त्रैमासमा कस्तो छ मुक्तिनाथ विकास बैंकको वित्तीय प्रदर्शन ? मुख्य सूचकहरुमा हेरौँ

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा बैंकले २८ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले २२ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २३.१७ प्रतिशतले बढेको छ।

Crest

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६२ करोड ९० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४० करोड ४४ लाख रुपैयाँ थियो।

बैंकको सञ्चालन मुनाफा १७.७५ प्रतिशतले बढेर ४० करोड ३२ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ३४ करोड २४ लाख रुपैयाँ थियो। ब्याज आम्दानी बढेर १ अर्ब ११ करोड ७ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी १ अर्ब ४ करोड ४१ लाख रुपैयाँ थियो।

चुक्तापुँजी ७ अर्ब ४ करोड ६९ रुपैयाँ रहेको बैंकको रिजर्भको आकार बढेर ३ अर्ब १८ करोड २९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ३ अर्ब १७ करोड ९ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा बैंकले १ खर्ब १० अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात (एनपीएल) बढेर ३.१६ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा पनि बैंकको एनपीएल १.४९ प्रतिशत थियो।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १६ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १२.९९ रुपैयाँ थियो। पीई रेसियो २६.०१ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५४.१० रुपैयाँ रहेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS