GBIME
IME Life

मन्दाकिनी हाइड्रोपावरको वार्षिक साधारणसभा आह्वान, लाभांश र हकप्रद मुख्य अजेन्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले आफ्नो ११ औँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर ७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको लाजिम्पाटस्थित नेपाली चुलोमा बिहान ८ बजेबाट सुरु हुनेछ।

SKYWELL
Crest

सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित चुक्तापुँजीको कुल ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश छन्।

सभाले माथिल्लो मर्दी खोला जलविद्युत आयोजना २.९ मे.वा. परियोजना निर्माण गर्ने, डल्फिन पावरमा लगानी गर्ने र बैंक ऋण भुक्तानी गर्नेलगायतका कार्य गर्न बोनस शेयर जारीपश्चात चुक्तापुँजीको १ः१.२५ अनुपातमा अर्थात १२५ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। कम्पनीको पुँजी वृद्धि र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ कात्तिक २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक २८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS