IME Life
GBIME

चार लघुवित्तले प्रस्ताव गरे लाभांश, कसको कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेप्सेमा सूचिकृत लघुवित्त वित्तीय संस्थाहरुमध्ये हालसम्म ४ वटा संस्थाले मात्रै लाभांश घोषणा गरेका छन् । हालसम्म फरवार्ड माइक्रोफाइनान्स, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था र गुराँस लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई दिने लाभांश घोषणा गरेका हुन् ।

फरवार्ड माइक्रोफाइनान्सले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमध्ये १३ दशलमव ३ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने ० दशलमव ७ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छैन् ।

Crest

स्वाबलम्वन लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा १४ दशलमव २५ प्रतिशत बोनश शेयर दिने भएको छ भने ० दशलमव ७५ प्रतिशत कर प्रयोजनका लागि वितरण गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छैन् ।

आशा लघुवित्त वित्तीय संस्थाले कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये १४ दशलमव २५ प्रतिशत बोनश शेयर वितरण गर्नेछ भने ० दशलमव ७५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छैन् ।

गुराँस लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट कुल १५ प्रतिशत लाभा.श दिने भएको छ । जसमध्ये १५ दशलमव २५ प्रतिशत बोनश शेयर वितरण गर्नेछ भने ० दशलमव ७५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS