GBIME
IME Life

ल्याप्स जीवन बीमालेखमा काटिनेछ बीमा अभिकर्ताको ४०% इन्सेन्टिभ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तयार पारेको बीमा नियमावली २०८० को मस्याैदामा जीवन बीमालेख व्यतित (ल्याप्स) भएको अवस्थामा अभिकर्ताको इन्सेन्टिभ (प्रोत्साहन) वापतको रकम कट्टा गर्ने प्रावधान समावेश गरिएको छ। नियमावलीको अनुसूची १० मा समावेश गरिएको प्रावधान अनुसार बीमालेख व्यतित भए प्रोत्साहनवापतको रकममा ४० प्रतिशत सम्म कटाैती गर्ने प्रस्ताव गरिएको छ।

बीमा नियमावली २०८० को मस्याैदामा समावेश गरिएको अभिकर्ता प्रोत्साहन रकम कट्टा सम्बन्धी अनुसूची १०

७५ प्रतिशतसम्म बीमालेख नविकरण हुने अभिकर्ताको प्रोत्साहनवापतको रकम कट्टा हुने छैन। अर्थात् प्रोत्साहनवापतको साठीदेखि ७५ प्रतिशतसम्म नविकरण हुने अभिकर्ताको प्रोत्साहन रकम १० प्रतिशत कटाैती हुने प्रावधान छ। यसैगरी ४५ देखि ६० प्रतिशतसम्म नविकरण भएमा २० प्रतिशत, तीस देखि ४५ प्रतिशतसम्म नविकरण भएमा ३० प्रतिशत र तीस प्रतिशतभन्दा कम बीमालेख नविकरण हुने अभिकर्ताको ४० प्रतिशत प्रोत्साहन रकम कटाैती हुने भएको छ।

SKYWELL
Crest

नेपाली बीमा अभिकर्ताको कमिशन दर दक्षिण एशियामै न्यून, भारतमा ५० प्रतिशतसम्म

यो प्रावधानले बीमितको आय श्रोत विचारै नगरी जथाभावी बीमालेख बिक्री गर्ने अभिकर्ताको प्रवृत्तीमा अंकुश लगाउनेछ। अभिकर्तालाइ बीमितको आय श्रोत र त्यसको दीगोपनलाइ आधार बनाएर मात्र बीमाङ्क रकम निर्धारण गर्न सुझाव दिन बाध्य बनाउनेछ। अधिक कमिशनको लोभमा नयाँ व्यवसाय ल्याउन मात्र ध्याउन्नमा रहने अभिकर्ताले जथाभावी बीमालेख बिक्री गर्दा बीमितले बीमालेख निरन्तरता दिन नसक्ने अवस्था हुन्छ। यसो हुँदा प्रथम् बीमाशुल्कवापत लगानी गरेको रकम खेर जान्छ, बीमितलाइ आर्थिकरूपमा नोक्सानी हुन्छ।

एक वर्षभन्दा लामो अवधिका लागि जारी गरिएको कुनै पनि जीवन बीमालेखको बीमाशुल्कको किस्ता भुक्तानी गर्नुपर्ने मितिबाट ६ महिना नाघेको अवस्थामा बीमालेख व्यतित अवस्थामा पुग्छ। अर्थात् भुक्तानी गर्नुपर्ने मितिबाट ६ महिनासम्म पनि बीमितले बीमाशुल्क भुक्तानी नगरे बीमालेख व्यतित हुन्छ। यस्तो अवस्थामा बीमालेखको शर्त अन्तर्गत बीमितले कुनै पनि लाभ प्राप्त गर्दैनन् ।

जीवन बीमा कम्पनीहरूको व्यतित बीमालेखको औसत सम्बन्धित विवरण सार्वजनिक जानकारीमा उपलब्ध छैन। प्राधिकरणले प्रोत्साहन रकम कट्टा सम्बन्धमा नियमावलीको मस्याैदामा गरेको व्यवस्थाले २५ प्रतिशतसम्म बीमालेख व्यतित हुनुलाई स्वीकार्य मानिएको छ।

प्रोत्साहन सम्बन्धि अहिलेको व्यवस्थाः

जीवन बीमा अभिकर्ताको पेशामा जीवन बीमालेख बिक्रीवापत अभिकर्ताले प्रथम बीमाशुल्कको २५ प्रतिशत कमिशन प्राप्त गर्ने व्यवस्था छ। यसबाहेक प्रथम बीमाशुल्क रकमको थप १८ प्रतिशत बराबरको सीमाभित्र रहेर अभिकर्तालाई नगद वा जिन्सी सुविधा प्रोत्साहनवापत उपलब्ध गराउन प्राधिकरणले स्वीकृति दिएको छ। यस्तो प्रोत्साहन सुविधा सबै अभिकर्ताका लागि उपलब्ध हुँदैन । निश्चित व्यवसायीक लक्ष्य पुरा पुरा गर्ने अभिकर्ताका लागि मात्र प्रोत्साहन रकम उपलब्ध हुन्छ। व्यवसायीक लक्ष्यको सीमा सम्बन्धित जीवन बीमकले नै निर्धारण गरेका हुन्छन् ।

बीमकले यस्तो प्रोत्साहनका लागि व्यवसायीक लक्ष्यसँगै बीमालेख नविकरण र अभिकर्ता उत्पादनको शर्त पनि जोडेका हुन्छन् । बीमालेख नविकरण दर कमजोर हुने र नयाँ अभिकर्ता उत्पादन नगर्ने अभिकर्ताका लागि यस्तो सुविधा आंशिकरूपमा मात्र उपलब्ध गराउँछन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

67%

दु :खी

0%

अचम्मित

17%

उत्साहित

17%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS