IME Life
GBIME

असोजका लागि राष्ट्रियस्तरका विकास बैंकहरुले घटाए ब्याजदर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुले असोजका लागि ब्याजदर घटाएका छन्।

हाल सञ्चालनमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुमध्ये ७ वटाले असोजका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन्।

Crest

असोजमा मुक्तिनाथ, गरिमा, महालक्ष्मी, लुम्बिनी, ज्योति र सांग्रिलाले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.५ प्रतिशत ब्याज दिने भएका छन्। भदौमा मुक्तिनाथ, लुम्बिनी र ज्योतिले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.७५ प्रतिशत ब्याज दिएका थिए भने गरिमा, सांग्रिला र महालक्ष्मीले ७ प्रतिशत दिएका थिए।

भदौमा ७ प्रतिशत ब्याज दिएको शाइन रेसुंगाले असोजमा भने ६.७५ प्रतिशत ब्याज दिने भएको छ। कामना सेवाले भने भदौकै ब्याजदरलाई असोजमा निरन्तरता दिएको छ। कामना सेवाले असोजमा पनि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ७ प्रतिशत ब्याज दिने भएको छ।

नियामकीय प्रावधानअनुसार बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजभन्दा १ प्रतिशत कम संस्थागत मुद्दति निक्षेप र १ प्रतिशत बढी रेमिट्यान्स मुद्दति निक्षेपमा ब्याज दिनुपर्छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS