GBIME
IME Life

आँखुखोला जलविद्युतको हकप्रद बाँडफाँटः बिक्री भएन साढे १७ लाख कित्ता शेयर, लिलामीमा आउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको हकप्रद शेयर बाँडफाँट गरिएको छ।

बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले भदौ ३० गते आँखुखोला जलविद्युत कम्पनीको हकप्रद शेयर बाँडफाँट गरेको हो। कुल बिक्री खुला गरिएको १ करोड २० लाख कित्तामध्ये ४१ हजार ३६२ जना शेयरधनीहरुलाई १ करोड २ लाख ४९ हजार ७५२ कित्ता शेयर बाँडफाँट गरिएको छ।

SKYWELL
Crest

कम्पनीका अनुसार १७ लाख ५० हजार २४८ कित्ता हकप्रद शेयर बिक्री भएन। अब यो शेयर लिलामी प्रक्रियामार्फत बिक्री खुला गरिनेछ।

बाँडफाँटमा नपरेका हकप्रद शेयरबापतको रकम असोज ४ गतेदेखि आईपीएसमार्फत सम्बन्धित आवेदकको बैंक खातामा रकमान्तर गरिने कम्पनीले जनाएको छ।

कम्पनीले गत असार ३१ गतेसम्म कायम शेयरधनीहरुका लागि चुक्तापुँजीको १ः१.५ अनुपात अर्थात १५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS