GBIME
IME Life

ग्लोबल आइएमई बैंक, एमएडब्लु वृद्धि मोटर्स र अटोकर्पबीच सवारी कर्जा सम्बन्धी सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंक, एमएडब्लू वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्प बीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी भएको छ ।

उक्त समझदारी पत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लू वृद्धि मोटर्स प्रालि तथा एमएडब्लू वृद्धि अटोकर्प मोटर्सका ग्रूप डाइरेक्टर गोपालकुमार अग्रवालले हस्ताक्षर गरेका छन् ।

SKYWELL
Crest

समझदारी अनुसार एमएडब्लू वृद्धि मोटर्स एवम् एमएडब्लू वृद्धि अटोकर्प मोटर्स तथा कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने विद्युतीय गाडीहरु दीपल, सेरेस र नाम्मी खरिद गर्ने व्यक्ति वा कम्पनीहरुले आवश्यक कागजातसहित बैंकमा निवेदन दिएको तीन कार्यदिन भित्र सरल ब्याजदरमा कर्जा उपलब्ध गराइने छ ।

दीपल र सेरेस ब्राण्डका विद्युतीय गाडीहरु नेपाली प्रयोगकर्ताहरुमाझ लोकप्रिय रहेको भन्दै कम्पनीले नाम्मी ब्राण्डको नयाँ विद्युतीय गाडी नेपाली बजारमा बिक्री गर्न शुरु गरिसकेको बताएको छ ।

ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न बैंकले विद्युतीय सवारी साधनलाई सर्वसुलभ ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको बताएको छ । ग्राहकको सुविधालाई ध्यानमा राखेर बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको पनि बताएको छ ।

७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको यो निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । कम्पनीले ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS