IME Life
GBIME

आइपीओ निष्काशनको प्रस्ताव सहित गोरक्ष हाइड्रोपावरले डाक्यो दुई आर्थिक वर्षको एजीएम

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । गोरक्ष हाइड्रोपावरले असोज ३ गते एकैपटक दुई आर्थिक वर्षको वार्षिक साधारणसभा गर्ने भएको छ । सभा काठमाडौंको बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा विहान ११ बजेदेखि शुरु हुने जनाएको छ । कम्पनीको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

सभाले जारी पूँजीको १० प्रतिशतले हुन आउने शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र १५ प्रतिशत शेयर कर्मचारी, सामूहिक लगानी कोष तथा वैदेशिक रोजगारीमा रहेका नेपालीमा र सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

Crest

सभाले आईपीओ निष्कासनका लागि सम्बन्धित कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव अनुमोदन गर्नेछ । सोही सभाले अधिकृत पूँजी वृद्धि गरी १ अर्ब ५० करोड रुपैयाँ र तत्काल जारी पूँजी वृद्धि गरी १ अर्ब ३० करोड रुपैयाँ पुर्याउने, प्रबन्धपत्र नियम ६ र नियमावली नियम २७ (२) संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ

सभाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को कार्यप्रगति, वार्षिक लेखापरीक्षकको प्रतिवेदन, अनुसूची सहितको वित्तीय विवरण अनुमोदन गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक समूहबाट ३ जना र १ जना व्यवसायिक विशेषज्ञ मनोनित गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS