IME Life

नेपालमा एक्चुअरीका लागि मेन्टरसिप छैनः इशा ताक्षेकार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमामा एक्चुअरीको भूमिका निकै महत्वपूर्ण हुन्छ। बीमा व्यवसायका महत्वपूर्ण कार्यहरु जस्तै– बीमालेख तयार पार्न, बीमाशुल्क निर्धारण गर्न, बीमा दाबी पर्न सक्ने संख्याको पूर्वानुमान, कम्पनीको सम्पत्ति तथा दायित्वको अवस्थाको मूल्यांकन, बीमितलाई प्रदान गर्नुपर्ने बोनसदर निर्धारण गर्न एक्चुअरी आवश्यक पर्दछ । बीमांकीय मूल्यांकन जीवन बीमा कम्पनीहरुका लागि अपरिहार्य रहेको हुन्छ भने निर्जीवन बीमामा समेत यो आवश्यक पर्दछ। तिनै एक्चुअरीमध्ये एक हुन्, इशा ताक्षेकार। उनी लामो समयदेखि यो क्षेत्रमा सक्रिय छिन्। उनै ताक्षेकारसँग बीमा क्षेत्रमा एक्चुअरीको भूमिका र चुनौतीका विषयमा इन्स्योरेन्स टकमा गरिएको कुराकानीको सारसंक्षेप

बीमा व्यवसायको टेक्निकल एक्स्पेक्ट हेर्ने मान्छेहरुको बीचमा सर्वाधिक चर्चामा एक्चुअरी भन्ने शब्द रहन्छ । सामान्य नागरिकले बुझ्ने भाषामा बीमा व्यवसायमा एक्चुअरीको के भूमिका रहन्छ ?

Prabhu
Crest

सामान्य भाषामा भन्दा एक्चुअरी भनेको जोखिम पहिचान तथा सम्पत्ति र दायित्वको मूल्यांकन गर्ने व्यक्ति हो । बीमा व्यवसायमा आर्थिक, वित्तीय, गणित, तथ्याकंशास्त्र र अरु लेखाका सिद्धान्तहरु प्रयोग गरेर क्वान्टिफाई गर्ने काम गर्छौं। जताजता यसको समस्या आउँछ, त्यता–त्यता एक्चुअरीको ठूलो भूमिका हुन्छ ।

बीमा कम्पनीहरुको साधारणसभा धेरै पछाडि धकेलिएको हामी देख्दै आएका छौँ । किन ढिला धकेलियो भनेर सोध्दा हाम्रो एक्चुअरीले ढिला काम गरेर हो भन्छन् । एक्चुअरीले काम नै ढिला गर्ने हो कि यसको काम गर्ने प्रकृति त्यस्तोे हो या मानवीय पुँजी कम भएर ओभरलोडेड कामका कारणले यस्तो भएको हो ?

नेपालको परिपे्रक्षमा कुरा गर्ने हो भने धेरैजसो एक्चुअरी गर्ने बाहिरबाट ल्याइन्छ । उहाँहरुको टिम नै बाहिर हुने भएकाले उहाँहरुलाई आवश्यक पर्ने तथ्यांकदेखि लिएर सबै कुरा यहाँबाट पठाउनुपर्छ । त्यसकारण ढिला हुन्छ ।
बीमामा यो धेरै प्राविधिक एक्पेक्ट भएको भएर कहिले–काहीँ नतिजाहरु चित्त नबुझ्दो आउन सक्छ । त्यसकारण पनि कहिले–काहीँ समय बढी लाग्न सक्छ ।

यो एकदमै उच्च प्राविधिक कुरा तर बीमा व्यवसायको आधारभूत तत्वका लागि नेपालभित्र जनशक्ति छैन । जति लगानी गरेर पढिन्छ, त्यसलाई गर्ने आम्दानी हुँदैन, अनि यहाँ किन बस्ने भन्नेमा छन् धेरै हैन ?

नेपालमा जनशक्ति नभएको हैन, हाम्रो त्रिभुवन विश्वविद्यालयबाट हरेक वर्षमा २० देखि ३० जना विद्यार्थीले ग्राजुएट गरिरहेका हुन्छन् । तर, नेपालमा मुख्य समस्याका रुपमा एक्सपाइरिङ एक्चुअरीका रुपमा हामीले भोगेको, अनुभव गरेको मेन्टरसिप छैन । हामीलाई कता के प्रयोग गर्ने भनेर ज्ञान चाहिँँ छ । तर, प्रश्नहरुको जबाफ दिन जुन फोकल पर्सन (व्यक्ति) खोजेका छौँ, त्यो पाउँदैनौँ ।

त्यसले गर्दा त्यो खोज्ने प्रक्रियामा बाहिरतिर नै बढी लागिन्छ । अब पारिश्रमिकको कुरा सेकेन्डरी हो । भर्खर ग्राजुएट गरेका विद्यार्थीहरुबाट धेरै आश पनि गर्न सकिँदैन । त्यसकारण मेरो विचारमा मुख्य कुरा भनेको मेन्टरसिप छैन। त्यसकारण गाह्रो भएको हो ।

तपाइँहरुले एउटा बीमा पोलिसी बनाउँदा कहाँबाट आरम्भ गर्नुहुन्छ, जसले कम्पनीको वृद्धिलाई पनि एडप्ट गरोस्, नागरिकले प्रिमियम तिर्छन्, तिनीहरु माथि पनि न्याय होस् । सुरु कहाँबाट हुन्छ र के–के कुरालाई केन्द्रमा राख्नुहुन्छ ?

सबैभन्दा पहिले उत्पादनहरु डिजाइन गर्दा बजारको आवश्यकताबारे बुझ्नु पर्याे । कस्तो प्रकृतिको लक्ष्य आउनुपर्छ, त्यसलाई हामीले बजार रणनीति बनाउँछौँ । बीमा उद्योगमा एउटा नयाँ खाले प्रडक्ट आयो भने सबै कम्पनीहरुले त्यसमै आँखा लगाउँछन् । यसबाहेक हाम्रो ग्राहकको आवश्यकता कस्तो छ, त्यताबाट अनुसन्धान गर्छौं ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS